बुटवल । मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक भएको छ । यसबर्षको तीजमा सबैलाइ छमछम नचाउने गरि बनाइएको कलाकार दुर्गा नेपालको तीजगीतको आज बुटवलमा एक समारोहका बिचमा सार्वजनिक गरिएको हो । गीतको बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबी अर्यालले सार्वजनिक गर्नुभयो ।
उप–प्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसावले पनि गीत संगितले निकै महत्व राख्ने बताउनु भयो । कला र सस्कृति भनेका देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नुपर्ने र सबैको साथ सहयोग हुनुपर्ने उहांले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रिय पार्षद हरिष ढकाल, मिना ढकाल लगाएतले बोल्दै स्थानीय रुपमा निमार्ण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जगेर्नामा सहयोग गर्ने बताउदै उदाउदा कलाकारहरुको हौसला बढाउनु पर्ने बताउनुभयो ।
म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशकमा मनिष पन्थ, नृत्य निर्देशक लोकेन्द्र शाह, शव्द संगित अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ ।