Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको पदस्थापन
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको पदस्थापन

संसारपोस्ट संवाददाता · ४ असार २०८१ · 0
तिलोत्तमा उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको पदस्थापन
70
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेसनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सोमवार पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई संघका अध्यक्ष गुणनिधी भण्डारी ९माधव०ले पदस्थापन गराउनु भएको हो । संघको अधिबेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी र महासचिवमा राजकुमार पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको थियो । त्यसैगरि संघको कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा बीना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डे र सह कोषाध्यक्षमा बसन्त रोक्का सहित २१ सद्स्यिय कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।
पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले ब्यवसायिक हकहित र बिकासकालागि आफू सदैव साथमा रहेको बताउनुभयो । ब्यवसायिक एकता र सहकार्यबाट मात्र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै अहिलेको आवश्यकता भनेकै ब्यवसायिक एकता रहेको बताउनुभयो । बिभिन्न परिस्थितिका कारण ब्यवसायीहरु पलायन हुने अवस्था सृजना भइरहेको बताउंंदै उहांले ब्यवसायलाई टिकाउने र चलायमान बनाउने योजनाहरु बनाउन ब्यवसायीलाई सुझाव दिदै यसमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहांले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै कार्यकाललाई रचनात्मक र चलायमान बनाउन आग्रह गर्नु भयो ।
संघका अध्यक्ष गुणनिधी भण्डारी माधवको अध्यक्षता तथा बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीको स्वागतमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रुस्तम कंडेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष हिमाल गैरे, निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे, संघका महासचिव राजकुमार पाण्डेलगायतले संस्थागत विकास र ब्यवसायिकका हकहितका सवालमा संघ वढि जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको थियो ।

≪ Previous Post

आईसीसी ट्वान्टी–२० विश्वकप : बंगलादेशसंग नेपाल पराजित, बंगलादेश सुपर–८ मा

Next Post ≫

यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क