Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल यातायात समितिद्वारा सम्मान : ब्यवसायिक प्रकृति समान रहेका संघ संस्थाबीच कार्यगत एकता जरुरी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल यातायात समितिद्वारा सम्मान : ब्यवसायिक प्रकृति समान रहेका संघ संस्थाबीच कार्यगत एकता जरुरी

संसारपोस्ट संवाददाता · ११ बैशाख २०८१ · 0
पश्चिमाञ्चल यातायात समितिद्वारा सम्मान : ब्यवसायिक प्रकृति समान रहेका संघ संस्थाबीच कार्यगत एकता जरुरी
140
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले यस क्षेत्रका यातायात व्यवसायी सम्बद्ध संस्थामा नयाँ नेतृत्व चयन भएका व्यवसायीलाई सम्मान गरेको छ । फरक संस्था तर कामकारवाही समान रहेका पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.र ढुवानी व्यवसायी महासंघमा हालै निर्वाचित पदाधिकारीहरुलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सम्मान गरेको छ ।
दुवै संस्थाका पदाधिकारीहरुलाई समितिका अध्यक्ष टिकाराम गौतम, पूर्व अध्यक्षहरु अर्जुन रानाभाट, रामेश्वर श्रेष्ठ, लोकराज पोखरेल, गुप्तबहादुर केसी, यम प्रसाद पाण्डेले सम्युक्त रुपमा सम्मान गर्नुभएको हो ।
सो अवसरमा वोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले संस्थागत रुपमा ब्यवसायिकरुपमा समान प्रकृतिका यस्ता संस्थाहरु एक आपसमा मिलेर अगाडी बढ्न जरुरी रहेको भन्दै नीतिगत रुपमा समन्वय गर्न आवश्यक रहेको बताउनु भयो ।
ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले नेपाल ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीचको सहकार्यलाई थप मजवुद बनाउनपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले यस क्षेत्रका तीन वटा संस्था मिलेर अगाडी बढेमा ब्यवसायिक समस्या समाधानमा सहजहुने धारणा राख्नु भयो ।
नेपाल ट्रक व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले मुलुक भरका यातायात क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुलाई एकतावद्ध गराएर अगाडी बढाउन आफ्नो कार्यकालवाट शुरु गरेको र अहिले पनि यो पहल प्रक्रिया निरन्तर अगाडी बढिरहेको बताउनु भयो ।
पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमको अध्यक्षतामा भएको कार्यक्रम कार्यालय प्रमुख बावुराम अधिकारीले संचालन गर्नुभएको थियो ।

≪ Previous Post

कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

Next Post ≫

भन्सार छलीका डेढलाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क