Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

संसारपोस्ट संवाददाता · १० बैशाख २०८१ · 0
कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा
60
SHARES
ShareTweet

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोली (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजाको स्वागत सम्मानमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा नेपाल आउन लागेका कतारी राजालाई राष्ट्रपति पौडेलले त्रीभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा स्वागत गर्नुहुने कार्यक्रम छ । एसिया क्षेत्रका तीनवटा मुलुकको भ्रमणमा निस्केका कतारका राजा अल थानी फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार अपराह्न ५ बजे नेपाल आउनुहुनेछ ।
कतारी राजालाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ भने त्यसपछि थानी सिधै होटल सोल्टी पुग्नुहुनेछ । त्यसपछि थानी राष्ट्रपति पौडेलसँग भेट गर्न शीतल निवास जाने कार्यक्रम तय भएको छ ।
भोली मंगलबार नै राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा होटल सोल्टीमा रात्रीभोजको आयोजना गर्नुभएको छ ।
भ्रमणको दोस्रो दिन बुधबार थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता तथा केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । त्यसपछि कतारी राजा थानी बुधबार वेलुका कतार फर्किने कार्यतालिका छ ।

≪ Previous Post

बुटवल–मुक्तिनाथ धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई बिदाई

Next Post ≫

पश्चिमाञ्चल यातायात समितिद्वारा सम्मान : ब्यवसायिक प्रकृति समान रहेका संघ संस्थाबीच कार्यगत एकता जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क