Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आम्दा अस्पतालमा नयाँ वर्षको शुभकामना आदान प्रदान 
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आम्दा अस्पतालमा नयाँ वर्षको शुभकामना आदान प्रदान 

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८१ · 0
आम्दा अस्पतालमा नयाँ वर्षको शुभकामना आदान प्रदान 
70
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आम्दा अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्दै लैजाने पनि उहाँले बताउनुभयो ।
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले नयाँ बर्ष २०८१ को अवसरमा मंगलबार आयोजना गरेको सञ्चारकर्मी बिच शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले अस्पतालबाट प्रवाह हुने सेवा सुबिधा लाई पनि परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भयो ।
पाण्डेले अस्पताल स्थापनाको २५ बर्षसम्म स्तरउन्नति हुन नसकेका कुराहरुलाई पिपिइ मोडेलको आधारमा अगाडी बढाईने बताउनुभयो । आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेले आम्दा अस्पताल नेपालमा पिपिइ मोडेलको पहिलो प्रारम्भिक मोडल भएको बताउदै शिक्षा र स्वास्थका बिषयलाई उपमहानगरले प्राथमिकता पारेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले २०८१ साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सुरु गर्ने गरि काम अगाडी बढाएको जानकारी दिनुभयो ।
पराजुलीले हाल अस्पतालले बहिरंग सेवा, अन्तरंग सेवा, इन्भेस्टिगेसन, २४ सै घण्टा आकस्मिक सेवा, बिशेष सेवा, खोप, परिवार नियोजन सेवा, स्वास्थ्य सचेतना सेवा लगायतका प्रभावकारी सेवा प्रदान गरेको बताउनुभयो । अस्पतालमा हाल प्रमाणपत्र तह नर्सिङ्ग, स्वास्थ्य चिकित्सा, डिप्लोमा इन फार्मेसी लगायतका शैक्षिक कार्यक्रमहरु समेत  संचालनमा रहेका छन् । डाक्टर पराजुलीले शैक्षिक कार्यक्रम र हाल १०० शैयामा रहेको अस्पतालको स्तरबृद्धि गरि ३०० शैयामा बिस्तार गर्ने, महिलाको पाठेघर क्यान्सर उपचार सेवा बिस्तार गर्ने लगायतका योजना अगाडि बढाईएको बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष हरि प्रसाद अर्यालले हालसम्म संस्थाले आम्दा अस्पतालका हरेक कार्यक्रमहरुमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि संगै रहेर अस्पतालका आवश्यकता पुरा गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले अस्पताललाई नागरिक मैत्री बनाउन सञ्चार माध्यमको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं अस्पताल स्थानीय व्यववस्थापन समितिका सदस्य पदमराज गाहा, आम्दा अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री,मेट्रोन सुशिला बिश्वकर्मा लगायत अस्पतालका कर्मचारी एवं संचारकर्मीको सहभागितामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमको संचालन पत्रकार कल्पना तिवारीले गर्नुभएको थियो ।

≪ Previous Post

उजिरसिंहको १५ लाखको मूर्ति बनाउन शाइन रेसुंगा बैंकको साझेदारी

Next Post ≫

अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क