Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ संस्कृत विद्या शिरोमणि प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संस्कृत विद्या शिरोमणि प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0
संस्कृत विद्या शिरोमणि प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण
80
SHARES
ShareTweet

बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा. वेणिमाधव ढकालले रचना गर्नुभएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ । स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका (नेपाली अनुवाद) रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर स्थित आफ्नै निवासमा  आयोजना गरिएको साताव्यापी श्रीमद्भागवत महायज्ञमा व्यासाचार्य वेणिराम घिमिरेले लोकार्पण गर्नुभएको हो ।
उहाँको लेखनमा प्रकाशित पछिल्लो ‘श्रीमद्भागवत महापुराण’ लोकार्पणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर स्थित आफ्नै घरमा श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको हो । नेपाली नरनारीहरुलाई वर्णासन धर्मको महत्व बुझाउन तथा भागवतले  नेपाली जनजीवनमा पार्ने सकारात्मक प्रभाव तथा जीवन र जगतका बारेमा जानकारी दिन ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका (अनुवाद) ल्याईएको टिकाकार एवं सम्पादक ढकालले बताउनु भयो ।
विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यो पुस्तक २ हजार १ सय भन्दा बढी पृष्ठमा प्रकाशित छ । यो पुस्तकको मुलग्रन्थमा  १२ स्कन्द छन् । त्यस्तै पूर्वार्धमा ८ र उत्तराद्र्धमा ४ खण्डमा विभाजन गरिएको छ । त्यसैगरी ८ खण्डमा रहेको पूर्वार्धमा भगवानको जीवन लिला र ४ खण्डमा रहेको उत्तराद्र्धमा अध्यात्म लिलाको बारेमा वर्णन गरिएको टिकाकार ढकालका साईला छोरा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सिन्दुमाधव ढकालले जानकारी गराउनु भयो ।
पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण कार्यक्रममा रमेश समर्थन र दीवाकर ढकालले पुस्तकको समिक्षा गर्नुभएको थियो । उहाँहरुले भगवन्मय पवित्र पुराणतिलक श्रीमद्भागवतको हंसानन्दी नेपाली टीकासहित प्रकाशित हुनु नेपाल र नेपालीहरूका लागि गौरवको विषय भएको बताउनु भयो । सरल नेपाली भाषामा प्रकाशित भएकाले आम नेपाली समाजमा अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा जन्मिनुभएका टिकाकार ढकालले हालसम्म ६० बढी पुस्तक प्रकाशन गरिसक्नुभएको छ । उहाँका जेष्ठ पुत्र भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक नवेन्दु ढकालका अनुसार संस्कृतविद्या शिरोमणि प्रा.डा. ढकालका ‘श्रीमद्भागवत महापुराण’ सहित ‘शैलेश’, ‘जय ज्योतिष्मती मुमा’, ‘मल्लकाले काष्ठमण्डपोपत्यकायां लिखितानां संस्कृतनाटकानां समालोचनात्मक कमध्ययनम्’, ‘हरिकेलिम महाकाव्यम्’, ‘संस्कृत भाषा कक्षा ८’, ‘ब्रह्मा सुत्रशांकर भाष्यम्’, ‘हरिकेलिनवनितम’ ‘अर्जुन शोककाव्य’, ‘लिच्छविकालिन कानाममिलेखानां साहित्यिकमनुशिलनम’, ‘काव्यदीपिका’, ‘श्रीचन्द्रसम्भवमहाकाव्यम्’, ‘स्तुतिकुसुमाञ्जलिः’ ‘दिव्यलक्ष्मी स्मृतिकाव्य’, ‘श्रीगणेशपुराणम्’, ‘श्रीकार्तवीर्योदयमकरन्दः’, ‘रश्मिप्रभास महाकाव्य’, ‘विवाहपद्धती’, ‘ निर्णयसिन्धुः’, ‘स्वर्गद्वारीके महाप्रभु’, ‘आन्हिकसुत्रावलिः’, ‘पुराणंमा नारी’ लगायतका कृति प्रकाशित छन् । त्यसबाहेक उहाँले धेरै पत्रपत्रिका लगायतका पुस्तकहरुको सम्पादन समेत गर्नुभएको छ ।

≪ Previous Post

काँग्रेस तिलोत्तमा नगर समितिको शुभकामना आदान प्रदान

Next Post ≫

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क