Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संघीय निजामती ऐन कार्यान्वयनमा आउँदा ठूलो उपलब्धी हुनेछ : मन्त्री जोशी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संघीय निजामती ऐन कार्यान्वयनमा आउँदा ठूलो उपलब्धी हुनेछ : मन्त्री जोशी

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0
संघीय निजामती ऐन कार्यान्वयनमा आउँदा ठूलो उपलब्धी हुनेछ : मन्त्री जोशी
110
SHARES
ShareTweet

बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सुशासन र संघीयता बलियो बनाउन आफू प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । नेकपा एकिकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटपछि बुधबार बोल्दै मन्त्री जोशीले आफू संघीयतालाई बलियो बनाउन र सुशासन कायमगर्ने गरी जिम्मेवारीमा खटिएको बताउनुभएको हो ।
उहांले अहिले सुशासन कायमगर्दै संघीयतालाई दीगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताउनुभयो । ‘तीन तहलाई समन्वयनगर्दै सुशासन कायमगर्दै जनतालाई राहात दिने कुरामा ध्यान दिएको छु’ उहांले भन्नुभयो । उहांले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी रहेकाले अहिले आफू कर्मचारी व्यवस्थापनका लागि आवश्यक नीति नियम बनाउने काममा खटिएको समेत बताउनु भयो ।
मन्त्री जोशीले संघीय निजामती ऐन माथि दफावार छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जांदा ठूलो उपलब्धी हुने बताउनुभयो । उहांले देशभरका निजमती सेवामा रहेका कर्मचारीहरुको व्यवस्थापन गर्ने कामहुँदा ठूलो उपलब्धी हुने बताउनुभयो । ‘संघीय नीजामती ऐन छलफल गरेर संसदबाट पारित हुन्छ, यसले देशभरका कर्मचारीहरुको व्यवस्थापन सहज हुनेछ’ मन्त्री जोशीले भन्नुभयो–‘स्थानीय र प्रदेश तहको समेत कर्मचारी समायोजन लगायतका कार्यहरु गर्दै प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागि परेको छु ।’
यसैविच नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री जोशीलाई रुपन्देही जिल्ला कमिटिले स्वागत गरेको छ । जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादवले पार्टी कार्यालय बुटवल देबीनगरमा स्वागत गर्नुभएको हो । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सांसद भगवती अधिकारी, केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश सचिवालय सदस्य कमल भण्डारी, नेताहरु चिनबहादुर गुरुङ, रुक्माङगत घिमिरे, भिम पोख्रेल, हरी पहारी, शारदा पहारी, शेरधन गुरुङ, छवि भट्टराई, लोकराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

≪ Previous Post

बुटवलका २६ वर्षीय शान्तम पर्यटन उद्योगमा, ४० करोडको लगानीमा द क्राउन ईन होटल सञ्चालन

Next Post ≫

इस्लाम धर्मावलम्बीले खुशीयाली साट्दै आज इद मनाउँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क