Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका २६ वर्षीय शान्तम पर्यटन उद्योगमा, ४० करोडको लगानीमा द क्राउन ईन होटल सञ्चालन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका २६ वर्षीय शान्तम पर्यटन उद्योगमा, ४० करोडको लगानीमा द क्राउन ईन होटल सञ्चालन

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0
बुटवलका २६ वर्षीय शान्तम पर्यटन उद्योगमा, ४० करोडको लगानीमा द क्राउन ईन होटल सञ्चालन
140
SHARES
ShareTweet

तिलोत्तमा । बुटवलका २६ वर्षीय युवा ब्यवसायी शान्तम थैवले पर्यटन उद्योग शुरु गरेका छन् । थाइल्यान्डबाट व्यवस्थापन विषयमा स्नाकोत्तर गरी नेपाल फर्किएका युवा शान्तमले ४० करोड लगानीको द क्राउन ईन होटलको नेतृत्व सम्हाल्दै पर्यटन उद्योगमा प्रवेश गरेका हुन् ।
‘नेपालमा केही हुँदैन, खत्तमै छ’–भन्नेहरुका लागि नयाँ उदाहरण पेश गर्ने लक्ष्यसहित अघि बढेको शान्तम बताउँछन् । रुपन्देहीकोे तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा संचालनमा आएको ‘द क्राउन ईन होटल’ लाई अन्य होटलहरु भन्दा फरक शैलीमा सञ्चालन गरी सफल पर्यटन व्यवसायी बन्ने शान्तमको सोंच छ ।
ठूलो बिल्डिङ, करोडौं लगानी, सबै पुर्वाधार र सेवाका हिसावले ‘द क्राउन ईन’ पाँचतारे होटेल जस्तो देखिन्छ । धेरै मानिसको बुझाइ ठूलो होटल भनेपछि धेरै महंगो, बस्न, खान धेरै रकम चाहिन्छ भन्ने छ । तर तिलोत्तमाको जानकीनगरमा हालै सञ्चालनमा आएको द क्राउन इन होटलले ठूला होटेलले पनि उचित मूल्यमा सेवा दिएर उपभोक्ताको मन जित्न सक्छन् भन्ने विल्कुलै फरक उदाहरण पेश गर्दैछ । बुटवल–भैरहवा खण्डको तिलोत्तमा हाइवे जानकीनगरमा ४० करोड लगानीमा खुलेको पूर्णत बिजनेस होटेल ‘द क्राउन इन’ ले एकैपटक नाफा कमाउने नभई धेरै जनाबाट थोरै थोरै नाफा कमाएर धेरै बनाउने ‘ठेक हैन खेप’ को सिद्धान्त अंगालेर हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान स्थापित गर्ने गरी आफ्नो यात्रा अघि बढाएको छ ।
२ कठ्ठा क्षेत्रफलमा बनेको ६ तले भवनमा सेमि स्वीट, डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम रहेका छन् । गएको माघदेखि सफ्ट ओपनिङ भई नयाँ वर्ष २०८१ बैशाख १ गतेदेखि ग्राण्ड ओपनिङ गरी पुर्ण रुपमा सञ्चालन गर्ने तयारी गरिएको आज होटलमा आयोजित पत्रकार सम्मेलनमा होटलका सञ्चालक अनन्त थैवले जानकारी गराउनु भयो ।
बजार अध्ययन गर्दा होटेलहरुमा खाना, रुम र मदिराजन्य पेय पदार्थको मूल्य एकदमै महंगो भएको उपभोक्ताको भोगाई थाहा पाएपछि आफूहरुले उपभोक्तालाई मर्का नपर्ने गरी उचित मूल्य र गुणस्तरीय सेवा दिन सके व्यवसाय सफल हुन्छ भन्ने मान्यता अनुसार अगाडी बढेको सञ्चालक थैवले बताउनु भयो । उहांका अनुसार होेटलको नौलो विशेषता भनेको मदिरा, बियर, वाइनलगायतका पेय पदार्थ करिब करिब एमआरपी मूल्यमा उपलब्ध गराउनु हो ।
‘सबै रुमहरुमा पाँचतारे होटेलको स्ट्याण्डर्ड मेन्टेन गरेका छौं, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरेका छौं । होटेलको प्रत्येक रुम बाट बुटवल र तिलोत्तमा देखि भैरहवासम्मको मनोरम दृष्य देख्न सकिन्छ । प्रत्येक रुममा फायर फाइटिङ प्रविधि तथा प्रत्येक फ्लोरमा फायर एक्जिट प्रविधि राखिएकाले सुरक्षाका हिसावले पनि ढुक्क हुने अवस्था छ ।’ सञ्चालक थैवले भन्नुभयो ।


पत्रकार सम्मेलनमा होटलका प्रबन्ध निर्देशक शान्तम थैवले होेटलको मुख्य विशेषता थ्री बी अन्तर्गत बेस्ट बेड, बेस्ट बाथ र बेस्ट ब्रोडब्याण्ड अर्थात इन्टरनेट तथा थ्री एस अन्तर्गत बेस्ट सर्भिस, बेस्ट सेक्युरिटी र बेस्ट सेफ्टी रहेको बताउनु भयो । उहांका अनुसार पाहुनाहरुलाई अन्यत्र भन्दा गुणस्तरीय र फरक अनुभूति सहित पूर्ण सन्तुष्ट बनाउने होटेलको उद्देश्य हो ।
होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र ६० जना क्षमताको रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र पर्याप्त पार्किङ सुविधा रहेको छ । होटेलको अर्को विशेषता भनेको विवाह पार्टी तथा ठूला गोष्ठी केही नहुने भएकाले ग्राहकहरुले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरणको अनुभूति गर्न पाउने छन् । रुममा बाहिरको ध्वनी प्रदुषणलाई रोक्न सबै रुममा साउण्ड प्रुफ प्रविधि राखिएको छ ।
होटलमा भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन तथा मुस्लिम समुदायलाई लक्षित गरेर हलाल खानाको पनि व्यवस्था गरिएको होटलका जनरल म्यानेजर देविलाल सोमैले बताउनु भयो ।
होटेलमा प्रत्यक्ष रुपमा ५० जनाले रोजगारीको अवसर पाएका छन् । बैशाख महिना ओपनिङ फेज भएकाले सबै खालका (स्वदेशी विदेशी) पाहुनाहरुलाई होटेलले रूमको दर मा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । होटेलमा आउने ग्राहकहरुलाई सबै सेवामा नौलो पन र फरक विशेषता दिन होटेलको विल्डिङ, रुम र बाथरुमको डिजाइन मुम्बईको भिमानी एण्ड एशोसिएट्सले गरेको छ भने होटेलले आफ्नै ब्राण्डको बेकरी क्याफे समेत सञ्चालनमा ल्याएको छ ।

≪ Previous Post

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमालाई सफलता

Next Post ≫

संघीय निजामती ऐन कार्यान्वयनमा आउँदा ठूलो उपलब्धी हुनेछ : मन्त्री जोशी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क