Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८० · 0
ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमाको जित
70
SHARES
ShareTweet

भैरहवा । नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा मेलवर्न क्रिकेट क्लबमाथि जित निकालेको छ । डिभिजन ‘ए’ अन्तर्गत सोमबारको खेलमा नेपथ्य तिलोत्तमाले मेलवर्नलाई ४ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १ सय ३७ रनको लक्ष्य नेपथ्य तिलोत्तमाले ३७ ओभर ५ बलमा ७ विकेट गुमाई १ सय ३९ रन बनाउँदै सहजै भेट्टायो । उसको जितमा मनिष थापाले ६५ रनको अर्धशतकीय महत्वपूर्ण इनिङ खेल्दा संदीप यादवले २३, स्वस्तिक पराजुलीले १२, कृष्ण भुसालले ११ र अमन बोहराले अविजित १० रनको योगदान दिए । बलिङमा मेलवर्नका रोशनलाल गुप्ता र कृष्ण पराजुलीले २–२ तथा रमेश कुर्मी र इकलाख अहम्मदले समान १–१ विकेट लिए ।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमा अलआउट हुँदै १ सय ३६ रनको झिनो योगफल बनाएको थियो । उसका लागि समीर अलीले ४३, इकलाख अहम्म्दले ३६ र रोशनलाल गुप्ताले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमाल र आशुतोष पाण्डेले ३–३ तथा कृष्ण भुसालले २ विकेट लिए । खेलमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताउनु भयो ।

≪ Previous Post

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक

Next Post ≫

भन्सार छलीका ३ लाख वढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क