Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तराई मधेशका जिल्लाहरुमा आज होली पर्व मनाइदै 
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तराई मधेशका जिल्लाहरुमा आज होली पर्व मनाइदै 

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८० · 0
तराई मधेशका जिल्लाहरुमा आज होली पर्व मनाइदै 
70
SHARES
ShareTweet

बुटवल । तराई मधेशका जिल्लाहरुमा आज (सोमबार) होली पर्व मनाइदै  छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई मधेशमा होली मनाउने चलन छ।

पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ ।​ यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ। असत्यमाथि सत्यको जित भएको दिनका रुपमा होली पर्व मनाउन शुरु गरिएको हो ।

काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई मधेशमा भने पूर्णिमाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाइन्छ।

तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका बेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ।

होलीका अवसरमा सरकारले तराई मधेशका जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ। बिहानैदेखि सर्वसाधारणहरु एक आपसमा अबीर लगाएर होली मनाउन शुरु गरिसकेका छन् । विभिन्न संघसंस्थाहरुले पनि होलीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छन् भने ठाउं ठाउंमा सांगितीक कन्सर्टहरु पनि आयोजना गरिएका छन् ।

≪ Previous Post

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

Next Post ≫

तिलोत्तमा उद्योग वाणिज्य संघमा होलीको शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क