Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा पुन: पौडेल
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा पुन: पौडेल

संसारपोस्ट संवाददाता · २७ पुष २०८० · 0
सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा पुन: पौडेल
80
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा २ तपाहमा रहेको सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको दशौं साधारण सभा तथा चौथो अधिवेन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट पुनः खिलबहादुर पौडेल अध्यक्ष रहेको नयां कार्यसमिति निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा कमला पन्थी, सचिव प्रेमप्रसाद भुसाल, सहसचिव हेमा थापा र कोषाध्यक्ष इश्वरी पोखरेल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा दलबहादुर खड्का, चतुरभुज गौतम, बिदुर केसी, नारायणप्रसाद पन्थी र यमुना न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लोकनाथ ज्ञवालीले जानकारी गराउनु भयो ।

यस अघि भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले परम्परादेखि धर्म, संस्कृति र संस्कारसंग जोडिएका मठमन्दिर संरक्षण गर्नुपर्ने बताउनुभयो । उहांले समाजलाई एकतावद्व बनाउन एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताउंदै मन्दिरको विकासका लागि सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो । तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष दिलबहादुर भट्टराईले धार्मिक परम्परा, संस्कार, संस्कृतिसंग जोडिएका नगरभित्रका मठमन्दिरहरु संरक्षण गर्नुपर्ने र त्यसका लागि सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो ।

कार्यक्रममा पत्रकार खिमानन्द भट्टराई, तिलोत्तमा वडा नम्बर २ का पूर्व वडाध्यक्ष टंक तिवारी, नरबहादुर कार्की, कालिका अधिकारी, श्यामलाल खत्री, यदुनाथ पाण्डेय, इन्द्रमणी अर्याल, कमला घिमिरे, बसुन्धरा पाण्डेय लगायतले बोल्नुभएको थियो । खिलबहादुर पौडेलको अध्यक्षता र सचिव प्रेमप्रसाद भुसालको सञ्चालनमा भएको कार्यक्रममा इश्वरी पोखरेलले कोषाध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन गोविन्द भुसालले प्रस्तुत गर्नुभएको थियो ।

≪ Previous Post

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु

Next Post ≫

दाङको राप्ती पुलमा बस दुुर्घटना:  मृत्यु हुनेको संख्या १२ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क