Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

संसारपोस्ट संवाददाता · ६ पुष २०८० · 0
पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा
70
SHARES
ShareTweet

भैरहवा । हरेक मानिस घुम्न चाहन्छ, त्यसका लागि शान्त र मनमोहक ठाउँ खोज्छ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी उत्तम मानिन्छ, जहाँ भगवान् गौतमबुद्धको जन्म भएको थियो । त्यही शान्ति र अहिंसाका प्रतिक बुद्ध जन्मिएको स्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ ।
भैरहवा र आसपासमा रहेका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो नवौं स्थापना दिवसको अवसरमा शुक्रबार भैरहवा–लुम्बिनी मौन पदयात्रा गरेको हो । २२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताउनु भयो ।
‘यहाँमात्रै नभई विश्वभर मानिस स्वार्थी बनेको छ, हत्या हिंसा, आतंक र द्वन्दमा लागेको छ, त्यसैले शान्तिमार्गीहरु लुम्बिनी आउनुपर्छ, यहाँबाट विश्व शान्त छ भन्ने सन्देश दिनुपर्छ र शान्तिको बाटो अवलम्बन गर्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो’, रायमाझीले भन्नुभयो ।
भगवान बुद्धले हिडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । बुद्ध जीवनीसँग जोडिएकाले पनि मौन पदयात्रालाई धेरैले रुचाए । ‘सधैं कापी कलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्ने मात्रै होइन, पत्रकारले शान्तिको सन्देश फैलाउनुपर्छ, सिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन प्रयास गर्नुपर्छ भन्ने पनि बौद्ध सञ्चार यात्राको उद्देश्य हो’, कार्यबाहक अध्यक्ष रायमाझीले भन्नुभयो–‘पदयात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ उर्जा थपेको महसुस हाम्रो छ ।’
‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारा दिएको बौद्ध सञ्चार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वःस्फूर्त खादामाला र टिकाले स्वागत गरे । बुद्ध धुनको गुन्जनसँग मौन यात्रा गर्न पाउँदा सहभागी निकै हर्षित भए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले बौद्ध सञ्चार यात्राले फेरि एकपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको जनाउनु भयो । ‘सञ्चार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिनसक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्तिमार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ’, उहांले भन्नुभयो । उहांले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो । उहांले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाउनु भयो ।
‘अब अर्का बुद्ध जन्मिने सम्भावना छैन, लुम्बिनी अरु कसैले बनाउन पनि सक्दैन, त्यसैले शान्ति खोज्नेहरुका लागि यो एउटा उद्गम थलो हो’, उहांले भन्नुभयो– ‘आजका जस्ता कार्यक्रमले लुम्बिनीमा सबै धर्ममा आस्था राख्नेलाई गोलबद्ध गर्नसक्छ, लुम्बिनी ल्याउन सक्छ ।’ उपाध्यक्ष डा.लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्धस्थलहरुमा पनि हुनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि विकास कोषले आवश्यक सहयोग र सहकार्य गर्ने भन्दै उहांले लुम्बिनी विश्वभर रहेका अर्ब बढी बौद्धमार्गीको आस्थाको केन्द्र र संसारभरका सबै मानिसको साझा थलो रहेको बताउनु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको जनाउनु भयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभूति हुने बताउनु भयो ।
शुक्रबार बिहान ७:१० बजे भैरहवाको लुम्बिनी गेटबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख दीपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे लगायतले रिवन काटेर बौद्ध सञ्चार यात्राको सुरुवात गर्नुभएको थियो ।
पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । यो बीचमा मायादेवी गाउँपालिकाको बेथरी र सेमरी–सुण्डीमा स्थानीयले स्वागत गरेका थिए । लुम्बिनीस्थित पर्साचोकमा पर्यटन व्यवसायी, स्थानीय आमा समूहले स्वागत गरे । मायादेवी परिसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गर्नुभएको थियो ।

≪ Previous Post

नेशनल प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकलातर्फ देवदह र गायनतर्फ स्कलर्स होम बिजयी

Next Post ≫

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क