Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नेपाल विकास ट्रष्टको रक्तदानमा ५१ जनाले गरे रक्तदान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पश्चिम नेपाल विकास ट्रष्टको रक्तदानमा ५१ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0
पश्चिम नेपाल विकास ट्रष्टको रक्तदानमा ५१ जनाले गरे रक्तदान
90
SHARES
ShareTweet

बुटवल । पश्चिम नेपाल विकास ट्रष्टले रक्तदान कार्यक्रम गरेको छ । ट्रष्टले बुटवल स्थित ब्लड बैंक (रक्त सञ्चार केन्द्र)मा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रम संयोजक लक्ष्मि अधिकारीका अनुसार ५१ जनाले रक्तदान गरेका छन् ।
सामाजिक कामलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोमप्रसाद गुरुङले बताउनुभयो ।
रक्तदान कार्यक्रममा ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमि पुन, सकुन्तला पुन, राधा वेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको सहभागिता रहेको थियो ।
रक्तदाताहरुलाई अध्यक्ष मोमप्रसाद गुरुङसहित पदाधिकारीहरु तथा कार्यक्रममा सहभागि वेलायती नागरिकहरु आन कोनेलीले प्रशंसा पत्र प्रदान गरेका थिए ।
सचिव पदम घिमिरेका अनुसार ट्रष्टले अन्य कार्यक्रमहरुलाई पनि अगाडी बढाएको छ ।
दृष्टिविहिन र अपाङ्ग आश्रममा सहयोग


पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवललाई र बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रमलाई नगदसहित विभिन्न सहयोग गरेको छ । ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमि पुन, राधा वेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतले सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा वेलायती नागरिकहरु समेत सहभागि रहेका थिए ।
सचिव पदम घिमिरेका अनुसार दृष्टिविहिन अनाथ आश्रममा र अपाङ्ग आश्रममा नगदसहितफलफूल प्रदान गरिएको थियो ।

पाणिनी दुर्वाशेस्वरमा एभोकाडोका विरुवा रोपियो


पश्चिम नेपाल विकास ट्रष्टले अर्घाखाँची पाणिनी स्थित दुर्वाशेस्वर (सात तले ) गुफाको आसपासमा एभोकाडोका विरुवा रोपेको छ । सस्थाका शुभचिन्तक वेलायती नागरिक व्रान कोनेलीको सम्झनामा उनकी श्रीमति आन कोनेलीको सहयोगमा विरुवा रोपिएको हो । ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्यक्ष लक्ष्मि अधिकारी, सदस्य देवीप्रसाद घिमिरेलगायतले विरुवा रोप्नुभएको हो ।
सो अवसरमा वेलायती नागरिक आन कोनेलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पाणिनी गाउँपालिकाका स्वस्थ्य प्रमुख शेषकान्त घिमिरे, दुर्वाशेस्वर गुफा समितिका अध्यक्ष ढुण्डिराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।
ट्रष्टले अर्घाखाँचीको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउन पर्यटकीय महत्वको क्षेत्रमा वृक्षारोपण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै स्वस्थ्य प्रमुख घिमिरेले जिल्लाको महत्वपूर्ण स्थानमा एभोकाडोका विरुवा रोपिएकोमा प्रशंसा ब्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका रचनात्मक कामको अपेक्षा राखेको बताउनुभयो । त्यस्तै ट्रष्टले ८० वर्षका तुल्सीराम गैरे र ७७ वर्षकी रेनुकला गैरेलाई सम्मान समेत गरेको थियो ।
ट्रष्टका सचिव घिमिरेका अनुसार वेलायती नागरिकसहित ट्रष्टको टोलिलाई अर्घाखाँचीको महत्वपूर्ण स्थल पाणिनी तपोभुमि (पाणिनी दह)को पनि भ्रमण गराइएको थियो ।

≪ Previous Post

‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

Next Post ≫

स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क