Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0
स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री
90
SHARES
ShareTweet

बुटवल । आसन्न मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ (ख) का प्रदेश सभा तर्फका गठबन्धनका साझा उम्मेद्वार वामदेव क्षेत्रीले स्थानीय तहमा गठबन्धनको सरकार रहेकाले अबको विकासका लागि प्रदेश र संघीय सरकार पनि गठबन्धनकै सरकार बन्न आवश्यक रहेको औल्याउनुभएको छ ।
विकासका लागि तिनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउँदै उहांले स्थानीय तह निर्वाचनमा अधिकांश स्थानीय तहमा गठबन्धनको सरकार बनाउने जनताको म्याण्डेट आइसकेकाले आसन्न मंसिर ४ को चुनाबमा पनि गठबन्धनलार्ई ५ वर्षका लागि विजयी गराएर जनताले म्याण्डेट दिनुपर्ने बताउनुभएको हो ।
बृहत महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार क्षेत्रीले झुम्साको पानी र लालपुर्जालाई राजनीति खेल बनाएर पटक पटक झुटो आश्वासन दिने काम एमाले उम्मेद्वारहरुले गरेको बताउँदै आफुले जनतासंग झुटको खेती नगर्ने बताउनुभयो ।
यस्तै तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले बुटवलमा आयोजना गरेको उम्मेद्वार भेटघाट तथा परिचयात्मक कार्यक्रमममा बोल्दै क्षेत्रीले आफुले जनतासंग झुटको राजनीति नगर्ने नगर्ने जिकिर गर्नुभयो । संविधानको रक्षा र प्रतिगमन परास्तका लागि गठबन्धन बनेको औल्याउँदै उहांले आसन्न निर्वाचनमा गठबन्धन भन्दा बाहिरको दलहरुलाई म्याण्डेट दिइएमा उनीहरुले विकास गर्न नसक्ने दावी गर्नुभयो ।
केन्द्र सरकारको नीति र योजना कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहको सरकारको रहेकाले स्थानीय र केन्द्रमा फरक फरक दलको सरकार आएमा काम गर्न नसक्ने उहाँको धारणा थियो । त्यसैले यस क्षेत्रमा आफुहरुलाई जनताले जिताउनुको विकल्प नरहेको उहांको भनाई थियो ।
सोही क्रममा वक्ताहरुले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वद्वारहरुलाई देशैभरी जिताउन समेत अपिल गरेका छन् । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय समानुपातिक उम्मेद्वार झम बहादुर गुरुङले गठबन्धन देशको आवश्यक्ता रहेको बताउदै जित सुनिस्चित भएको बताउनु भयो ।
उहांले एमाले तर्फ लक्षित गर्दै अहिलेको चुनावमा एमालेलाई भोट माग्ने कुनै नैतिक आधार नभएको बताउनुभयो । जनताको मतादेश पाउँदा लत्याउने र फेरी मतादेश देउ भन्नु लज्जास्पद र पश्चगमन मानसिकताको उपज रहेको उहांको भनाई थियो ।
कार्यक्रममा गठवन्धनका नेताहरु चीन बहादुर गुरुङ, झपट बहादुर गुरुङ, राम बहादुर गुरुङ, क्या. टेक बहादुर गुरुङ लागयतले बोल्नु भएको थियो । कार्यक्रम तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षता तथा आसा गुरुङको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

पश्चिम नेपाल विकास ट्रष्टको रक्तदानमा ५१ जनाले गरे रक्तदान

Next Post ≫

मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क