Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्तनपान सप्ताह आजदेखि सुरु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्तनपान सप्ताह आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
स्तनपान सप्ताह आजदेखि सुरु
40
SHARES
ShareTweet


बुटवल, १६ साउन । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइने स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।
अझै पनि महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, दूध कम आए बोतलको दूूध वा अन्य लेक्टोजिनजस्ता कृत्रिम तयारी दुग्ध पदार्थ ख्वाउने चलन बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरूको बारेमा जनसमुदायलाई सचेत गराउनको लागि विश्वभर विभिन्न कार्यक्रमहरू गरी हरेक वर्ष अगष्टको पहिलो साता (१(७) विश्व स्तनपान सप्ताह मनाइदै आएको छ।
बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुधमात्र खुवाए पुग्दछ । शिशु शारीरिक तथा मानसिक विकासको लागि चाहिने सम्पूर्ण तत्वहरू पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रूपमा पनि लिइन्छ। शिशु जन्मेको जति सक्दो छिटो वा १ घण्टा भित्रैमा स्तनपान गराई सक्नुपर्ने हुन्छ । कतिपय ठाउँहरू तथा समुदायमा अझै पनि जनचेतनाको कमिले गर्दा शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा मह, चिनी, घिउ आदि जस्ता खानेकुराहरू खुवाउने चलन रहेको छ । यस्ता किसिमका खानेकुराहरू खुवाउनु शिशुको स्वास्थ्यको लागि राम्रो होइन । आमाको सुरुको विगौतीदुध फाल्ने चलन पनि रहेको छ । सुरुमा आउने आमाको दुधमा अझ धेरै किसिमका पौष्टिक आहारहरू पाइने हुँदा विगौतीदुध नवशिशुलाई अनिवार्य रूपमा खुवाउन जरुरी छ । ६ महिनासम्म शिशुलाई आमाको दुधमात्र खुवाई सकेपछि शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्ने हुन्छ । शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरूको साथमा आमाको दुध पनि खुवाउनु जरुरी छ । यसले गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास छिटो हुनुमा मद्दत पुग्दछ ।
तथ्याड्ढ हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३ प्रतिशत बालशिशु मृत्युदर घटाउन सकिन्छ । यसै गरी राम्रो पौष्टिक खानेकुराहरू बाट करिब ६ प्रतिशत नवशिशु मृत्युदर घटाउन सकिन्छ ।
नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन वनेको भएपनि तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

≪ Previous Post

नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी

Next Post ≫

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क