Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी
60
SHARES
ShareTweet

संसार पोष्ट



बुटवल, १६ साउन । बुधबारराति देशका बिभिन्न स्थानमा एनसेल र नेपाल टेलीकमका टावरमा आगजनी भएको छ । रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पूर्वी नवलपरासी, ललितपुर, कैलाली, सिन्धुपाल्चोकलगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका एनसेल र नेपाल टेलिकमका टावरमा आगजनी गरिएको छ ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउँमा रहेको एनसेलको टावरमा आगजनी हुंदा टावर पुर्ण रुपले ध्वस्त भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार बुधबारराति २ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो । आगो नियन्त्रणमा लिन हम्मे परेको थियो । आगो कस्ले र किन लगाएको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । घटनाको अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
त्यसैगरी अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको छ । धेरै ठाउँमा एनसेलका टावरमा आगजनी भएपनि अर्घाखाँचीको पाणिनीमा भने नेपाल टेलिकमको टावरमा आगजनी भएको छ ।
बुधबारराति उक्त टावरमा आगजनी भएको र आगजनीबाट टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगो कस्ले र किन लगायो भन्ने विषयमा अनुसन्धान भईरहेको र आगो लगाउने समुहको समेत खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेलको टावर पनि बुधबारराति नै अज्ञात समुह द्धारा आगजनी भएको छ । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको आगो स्थानीय र प्रहरीको पहलमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनी को बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न ८ हरिहरपुरमा रहेको टावरमा पनि आगजनी भएको छ । पाल्पा, गुल्मी लगायतका जिल्लामा रहेका एनसेलका टावरमा समेत आगजनी भएको स्थानीयले जानकारी गराएका छन् ।
लुम्बिनी क्षेत्रमा मात्र नभएर देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आगजनी गरिएको देखिएको छ । केही समय अगाडी विप्लव नेतृत्वको नेकपाले देशका विभिन्न भागमा रहेका एनसेल टावर माथी यसरी नै आक्रमण गरेको थियो । अहिले पनि सोही समूहका कार्यकर्ताले एनसेल र नेपाल टलिकमका टावरमा आगजनी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
कर नतिरेको भन्दै पटकपटक आलोचित हुने एक्जियटा कम्पनीको एनसेल माथी मुद्दा समेत चलिरहेको छ ।

≪ Previous Post

आज २०७६ श्रावण १६ गते बिहिवार तदनुसार १ अगष्ट २०१९ काे राशिफल ।

Next Post ≫

स्तनपान सप्ताह आजदेखि सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क