Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १त्त५ साउन । बुटवल उपमहानगरपालिकाले १६ परिवार बस्दै आएको वस्तीमा डोजर लगाएर कभर्ड हल बनाउन थालेकोमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कभर्ड हलको निर्माण कार्य अर्को आदेश नहुंदासम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ४८ वर्षदेखि बस्दै आएका १६ घर परिवारलाई घरबारविहीन हुनेगरी उपमहानगरले प्रहरी समेत प्रयोग गरी कभर्ड हल बनाउन थालेको थियो । २०२८ सालदेखि तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बस्दै आएका १६ घर परिवारले आफूहरुलाई विस्थापित नगर्न भन्दै अदालतमा मुद्दा हालेका थिए ।

उच्च अदालत बुटवलका न्यायाधिशद्वय दयानाथ खरेल र दिपेन्द्र बहादुर वमको संयुक्त इजलासले निशेधाज्ञा मिश्रित परमादेश गरेको हो । अहमद मियाको रिटमा अदालतको आदेशमा कित्ता नं. ४५ को क्षेत्रफल ८१६.६० वर्गमिटर जग्गा भोग चलन गर्ने व्यक्तिहरुका नाममा दर्ता गर्ने परमादेश जारी हुने नहुने विषय हाल विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै रिट निवेदनमा विपक्ष नगरपालिकाले सो कित्ताको जग्गा सार्वजनिक हो भन्ने लिखित जवाफ पेश गरेको र सार्वजनिक जग्गा संरक्षण गर्ने कर्तव्य नगरपालिकाको भएको भएपनि सो जग्गा आफुले उपभोग गर्ने अधिकार स्वायत संस्था नगरपालिकालाई मालपोत ऐन २०३४ को दफा २४ ले प्रदान गरेको नपाइएको जनाइएको छ ।
आदेशमा नगरपालिकाले जग्गा उपभोग गर्न मालपोत ऐन २०३४ को दफा २४ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम नेपाल सरकारको स्वीकृत अनुमति पनि नगरपालिकाले नलिएको जनाइएको छ । त्यसैगरी सरकारको स्विकृति विना जग्गा प्रयोग गर्न पाउने कानूनी व्यवस्था नभएको र सो प्रयोगले सार्वजनिक परम्परागत प्रयोगमा दखल असर पर्ने भनी माग दावी निवेदककोतर्फबाट भएको अवस्थामा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म जग्गा यथास्थितिमा राख्नु, कुनै किसिमको निमार्ण कार्य नगर्नु गराउनु भन्दै विपक्ष उपमहानगरपालिको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) वमोजिम अन्तरिम आदेश जारी गरि आदेशसहितको जानकारी विपक्षीलाई दिनु भनिएको छ ।
साथै अदालतले निवेदनको प्रकृतिलाई महत्व दिदै निवेदन उपर अग्राधिकार दिई सुनुवाई गर्नुपर्ने देखिएको भनी अग्राधिकारमा राखी विपक्षीबाट लिखित जवाफको माग पनि गरेको छ ।
उपमहानगरको कदमविरुद्ध १६ परिवार ३४ दिनसम्म अनसन बसेका थिए । उनीहरुको अनसनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ समाजवादी पार्टी लगायतका दलले ऐक्यवद्धता जनाएका थिए । विस्थापित परिवारका सम्बन्धमा प्रदेश सभा वैठकमा उपमहानगरपालिकाले संविधानले व्यवस्था गरेको आवासको अधिकार हनन् हुने गरी निमुखा परिवारलाई विस्थापित गराएको आवाज सांसदहरुले उठाएका थिए । अनसन र प्रदेश सभामा प्रश्न उठेपछि उपमहानगरपालिकाले प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । समितिले सरोकारवालासंग छलफल गरेपछि अनसनको ३४ औं दिन उपमहानगरपालिकाले गल्ती स्वीकार्दै विस्थापितलाई एक वर्षभित्र आवास वा उपमहानगरभित्र ५ धुर घडेरी दिने लिखित प्रतिवद्धतासहित २५ हजार रुपैयाका दरले राहत दिएर अनसन स्थगित गराएको थियो ।
फाइल तस्वीर ः वस्ती हटाएर कभर्ड हल बनाउन थालिएपछि सो घटनाबारे प्रदेश सभामा प्रश्न उठेपछि गठित संसदीय समितिका सदस्यहरु स्थलगत अवलोकन गर्दै ।

≪ Previous Post

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

Next Post ≫

आज २०७६ श्रावण १६ गते बिहिवार तदनुसार १ अगष्ट २०१९ काे राशिफल ।

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क