तिलोत्तमा, ८ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । दिउसो १२.३० वजेसम्म २९ हजार ३२४ मत गणना हुंदा खांणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई १७७ मत अन्तरले पछि पार्दै अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका रामकृष्ण खांणले ११ हजार ३६६ मत ल्याउदा एमालेका मोहन चापागाईले ११ हजार १८९ ल्याएका छन् । मत गणनाको सुरुवात देखि नै झिनो मत अन्तरले पछि पर्दै आएका खांण २९ हजार ३२४ मत गणना हुंदा अग्रता लिएका हुन् ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार जागेश्वरीदेवी चौधरी अग्रस्थानमा रहेकी छन् । चौधरीले १० हजार ८६७ मत प्राप्त गर्दा गठबन्धन नेकपा मओवादी केन्द्रका हेमन्त पाण्डेले ५ हजार ४३४ मत प्राप्त गरेका छन् ।
तिलोत्तमामा अहिले सम्म बडा नम्बर १, २, ३, १५, १६, १७ को मतगणना कार्य सम्पन्न भएको छ भने ४, ५, १३ र १४ को मत गणना जारी छ । मत गणना सकिएका ६ वडा मध्ये २, ३, १६ र १७ नेपाली कांग्रेसले जितेको छ भने १ र १५ एमालेले जितेको छ ।

