Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0
बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे
90
SHARES
ShareTweet

बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीनदशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्नछन् । २०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्षहुँदै २०६० सालमा तरुण दलको केन्द्रिय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली काँग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भएका थिए । प्रस्तुत छ, बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा निर्वाचित भएका खेलराज पाण्डेसँग गरेको कुराकानी ।

खेलराज पाण्डे
नवनिर्वाचित प्रमुख
बुटवल उपमहानगरपालिका

बुटवलमा भारी मतअन्तरले जित हासिल गर्नुभयो, यहाँलाई बधाई छ । तत्कालका कामहरु के के गर्ने योजना बनाउनु भएको छ ?
मलाई मतदिएर विजयी बनाउनुहुने बुटवलका सम्पूर्ण बासिन्दालाई धेरै धेरै धन्यवाद र बधाई भन्न चाहन्छु । यो जित मेरोमात्रै जितहोइन, यो जनताको जितहो । मलाई मतदिने र मलाई मत नदिनेहरुको पनि जितहो यो । बुटवलको विकास, समृद्धिका लागि बुटवलका बासिन्दाले मलाई जुन रुपमा प्रतिनिधि बनाएर उपमहानगरपालिकामा पठाउनु भएको छ त्यसलाई मैले पाँचवर्षसम्म जनताकै प्रतिनिधि बनेर काम गर्नेछु । म कहिले पनि नगरको शासकको रुपमा कामगर्ने छैन । म जसरी यो ५ वर्ष जनतामाझ थिएँ, जनताका समस्याहरु सुनिरहेको थिएँ, समाधानको प्रयत्न गरिरहेको थिएँ, त्यसबाट मलाई जनताले निर्णय गर्नसक्ने स्थानमा पु¥याउनु भएको छ । त्यसको भरपूर रुपमा सदुपयोग गरेर जनताका समस्यालाई आवश्यकता र प्राथमिकताका आधारमा क्रमैसँग समाधान गर्दै अघि बढ्नेछु । बुटवललाई कुनै एउटा दल विशेष या गठबन्धन विशेषको कार्यालय बनाउने छैन । सबैको साझा फुलबारी बनाउनका लागि मेरो भूमिका रहनेछ । घोषणापत्रमा उल्लेख भएका योजनाहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य र समन्वय गरेर कुन ठाउँबाट अघि बढ्दा प्रभावकारी हुन्छ र अधिकार रहेको छ त्यसैगरी नै अघि बढाइनेछ ।

तपाइँ निर्णय गर्ने स्थानमा पुगेपछि चरणबद्ध रुपमा गर्ने काम के के हुन् ?
शुरुमा त मैले बुटवललाई सबै नागरिकको, सबै दलको, बुटवलबासीको साझा थलो बनाउनेछु । नागरिकले बुटवललाई आफ्नो कार्यालय हो भन्ने महसुस गर्नेछन् । दलहरुलाई त्यसको महसुस गराउन मिलन केन्द्र बनाउनेछु । हाम्रा नेताहरु वीपी कोइराला, पुष्पलाल, बुटवलका मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानको शालिक बनाउनेछु । यसअघिका मेयरहरुलाई आउने, सल्लाह लिने, दिने थलो बनाउनेछु ।
विकासका हिसाबले मैले यसअघि जनतामाझ पुगेर भन्दै आएको कुराहरु चरणबद्ध रुपमा पूरा गर्दै जानेछौं । बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौं । ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौं । तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमाहुनेगरी समाधान गर्नेछौं । मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी औद्योगिक क्षेत्रको काम अघि बढाउन भूमिका निर्वाह गर्नेछौं । सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोजिनेछ । यसबारे मैले त्यहाँका जनतासँग जे भनेको छु त्यसैअनुसार गर्नेछु । बुटवलको खानेपानी समस्या समाधानकालागि झुम्साको पानी ल्याउनकालागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु र वडास्तरमा भूमिगत श्रोतबाट पानी निकालेर स्वच्छ खानेपानी वितरण हुनेछ । फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन समाधानको योजना छ । त्यसलाई पूरा गर्नेछु । घोषणापत्रमा भनेका कामहरुलाई चरणबद्ध रुपमा पूरा गर्न म प्रतिबद्ध छु ।

साना व्यवसायी, हाटबजार व्यवसायी लगायतको करमा छुट दिने, घटाउने कुरा गर्नुभएको थियो, यो पूरा गर्ने के योजना छ ?
व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाउने काम अघि बढाउनेछु । घरेलु फोहोर संकलन बापत लिइदै आएको दस्तुर घटाइने छ । घोषणापत्रमा पनि हामीले भनेका थियौं, त्यसअनुसारले नै काम अघि बढ्छन् । केहीकामहरु तत्काल गर्न सकिने कामहरु छन् भने केही कामहरु चरणबद्ध रुपमा गर्दै जाने खालका छन् । ती कामलाई त्यसरी नै अघि बढाइनेछ ।
अन्त्यमा, बुटवलबासीलाई के भन्न चाहनुहुन्छ ?
म बुटवलबासीलाई खुलेर भन्न चाहन्छु, तपाइँको प्रतिनिधि बुटवलको प्रमुख बनेको छ । बुटवलका बासिन्दा रहेर अन्यत्र गई बसेको व्यक्ति हुनुहुन्छ भने म बुटवलमा आउनका लागि अनुरोध गर्छु । बुटवललाई हामीले राम्राकामको उदाहरणीय शहर बनाउनुछ । त्यसका लागि मलाई पाँचवर्ष बुटवलबासीको साथ चाहिएको छ । मलाई निरन्तर सल्लाह, सुझाव चाहिएको छ । यहाँका हरेकले बुटवललाई कस्तो बनाउने भन्ने चासो र सरोकार राख्नुपर्छ । म सबैलाई बुटवललाई राम्रो बनाउनका लागि सल्लाह सुझाव दिन आह्वान गर्छु । बुटवलले क्षमता भएका व्यक्तिलाई कदर गर्छ र अरु धेरै क्षमतावान् व्यक्ति उत्पादन गर्छ भन्ने बनाउनुछ । हामी सबै मिलेर बुटवललाई हाम्रो बुटवल राम्रो बुटवल बनाउने हो । त्यसका लागि म अगुवाई गर्छु, नेतृत्व गर्छु, हामी सबै साथसाथ अघि बढ्नेछौं । र, फेरि एकपटक बुटवलबासीलाई बधाई दिन चाहन्छु, खुशीयाली मनाउन अनुरोध गर्छु र मलाई प्रतिनिधि मान्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु ।

≪ Previous Post

तिलोत्तमा मेयरमा कांग्रेसका खाँणको अग्रता,उपमेयरमा एमालेकी चौधरी अगाडि

Next Post ≫

इन्धनको मूल्यवृद्धि फिर्ता लिन तिलोत्तमा चेम्बरको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क