Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७९ · 0
रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु
70
SHARES
ShareTweet

बुटवल, ५ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिनदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ । यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानै देखि तिलोत्तमाको मत गणना रोकिएको थियो । सत्ता गठबन्धका पाँच दल सहित राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले कर्मचारीले बदमासी गरेका वडाको पुन मत गणनाको माग गरेका थिए ।
एमाले बाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले वडा नं २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएअनुसार मतगणना कार्य सुचारु गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले जानकारी गराए ।
हिजो राती ९ बजेबाट गर्ने भनिएको तिलोत्तमा नगरपालिकाको मत गणना स्थलमा वडा सदस्यका उम्मेदवार नै मदिरा सेवन गरी हो होल्लागरेपछि मत गणना कार्य रोकिएको थियो । वडा नं. ५ मा एमालेका वडा सदस्यका उम्मेदवार मनिस अधिकारीले मदिरा सेवन गरी गणना स्थलमा पसेर होहल्ला गर्न थालेपछि केही बेर स्थिति तनाव ग्रस्त भएको थियो ।
मदिराको नसामा रहेका अधिकारीले शिल गरेर राखिएको मतपत्र सहितको कोठाको ढोका जबरजस्ती खोल्न लगाएर फोटो खिच्दै गरेको अन्य दलका प्रतिनिधिले देखेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तिलोत्तमामा अहिलेसम्म १० हजार ५९८ मत गणना गरिसकिएको छ । जसमा कांग्रेस उम्मेदवार रामकृष्ण खांणले ४ हजार १६९ र एमालेका उम्मेदवार मोहन चापागाईले ३ हजार ८६७ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा एमाले उम्मेदवार जागेश्वरी चौधरीले ३ हजार ६७१ र गठबन्धन (माओवादी केन्द्र)का उम्मेदवार हेमन्त पाण्डेले १ हजार ८९८ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेको तिलोत्तमा २ को वडाध्यक्षमा एमालेले ११९ र नेपाली काँग्रेसले २४२ मत प्राप्त गरेका छन् । यस्तै तिलोत्तमा १६ को वडाध्यक्षमा एमाललेले २०१ र नेपाली काँग्रेसले २५५ मत प्राप्त गरेका छन् ।

≪ Previous Post

एमाले जिल्ला अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका पुन दोस्रोपटक निर्वाचित

Next Post ≫

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क