Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलमा काँग्रेसका पाण्डेको निरन्तर अग्रता कायमै, एमालेसंग ४ हजार ४४६ मतको मतान्तर
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा काँग्रेसका पाण्डेको निरन्तर अग्रता कायमै, एमालेसंग ४ हजार ४४६ मतको मतान्तर

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0
बुटवलमा काँग्रेसका पाण्डेको निरन्तर अग्रता कायमै, एमालेसंग ४ हजार ४४६ मतको मतान्तर
120
SHARES
ShareTweet

बुटवल, ४ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत बिभिन्न स्थानमा मतगणना जारी छ । साना पालिकाहरुको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ ।
बुटवल उपमहानगरपालिकामा अहिलेसम्म वडा नं १,२,३,४,५, ६, ७, १६, १७, १८ र १९ नंं वडाको मत गणना भैसकेको छ । यहाँ २७ हजार ३४४ मत गणना भइसक्दा मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले १३ हजार ४१८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२ र राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ३७४ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार पाण्डेले निरन्तर मतान्तर बढाउंदै ४ हजार ४४६ मतले अग्रता लिएका छन् ।
यस्तै उप प्रमुखमा नेकपा एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८, नेकपा समाजवादीका चिन बहादुर गुरुङले ७ हजार २७७ र राप्रपाकी भगवती पाण्डेयले ३ हजार ३०७ मत प्राप्त गरेका छन् ।
बुटवलका वडामा कहाँ कस्ले जिते ?
वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार–पुतली चिन्ह )
वडा नं २ – सुनिल शाक्य (नेकपा समाजवादी –कलम चिन्ह )
वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र–रूख चिन्ह )
वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली काँग्रेस )
वडा नं ५ – हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस )
वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली काँग्रेस )
वडा नं ७ – पदमराज गाहा (नेपाली काँग्रेस)
वडा नं १६ – कृृष्ण प्रसाद पौडेल (नेपाली काँग्रेस )
वडा नं १७ – ज्ञान बहादुर रेस्मी (नेपाली काँग्रेस )
वडा नं १८– गुरुप्रसाद पंगेनी (नेकपा एमाले )
वडा नं १९– चन्द्रसिंह थापा (नेकपा एमाले )
यस्तै वैशाख ३० मा भएको निर्वाचनको मत गणनामा देशभरका ७५३ स्थानीय तहमध्ये प्रमुखमा नेपाली कांग्रेस १८७, एमाले ११९,माओवादी केन्द्र ८३, जसपा नेपाल ५, एकिकृत समाजवादी ५ स्थानमा बिजयी भएको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका १७६, नेकपा एमाले ११९, माओवादी केन्द्र ९०, जसपा नेपाल ५ र एकिकृत समाजवादीले १२ जितेको छ ।
अग्रतामा लिनेमा नेपाली कांग्रेस १२५,नेकपा एमाले ८३, माओवादी केन्द्र ३३, जसपा नेपाल २६,एकिकृत समाजवादी १५ रहेको छ । यस्तै उपप्रमुख नेपाली कांग्रेस १०७, नेकपा एमाले १०९, माओवादी केन्द्र ३९,जसपा नेपाल ३० र एकिकृत समाजवादी ९ रहेकाछन् ।

≪ Previous Post

बुटवलका मेयर सुवेदीको वडामा काँग्रेसको प्यानल विजयी

Next Post ≫

प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचिमा सूचिकृत हुदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क