बुटवल, ४ जेठ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । बुटवल–७ मा एमालेलाई पत्तासाफ गर्दै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा काँंग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ८ सय बढी मतान्तरले विजयी भएका छन् ।
अध्यक्षसहित चारैजना वडा सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका कांग्रेस युवा नेता दिर्घबहादुर केसी कुमारले जानकारी दिए । यो वडामा २५ वर्षपछि एमालेको विरासत तोडिएको हो ।
कांग्रेसले वडा अध्यक्षसहित प्यानलै जितेपछि मेयर सुवेदी आफ्नै वडामा कतिसम्म अलोकप्रिय रहेछन् भन्ने पुष्टी गरेको छ । यो वडा सहित नेपाली कांग्रेसले बुटवल ४,५,६,१५,१६,१७ वडा पनि जितिसकेको छ । अब वडा नंं ८देखि १४सम्मतको नतिजा आउन बांकी छ ।
वडा नं १ मा स्वतन्त्र उम्मेदवार (कांग्रेसका बागी) नरेन्द्र बस्नेत,२ मा नेकपा एकीकृत समाजवादी र ३ मा माओवादीका विष्णु ढकाल निर्वाचित भएका छन् । यसअघि एमालेले जितेका सबै वडामा कांग्रेस विजयी भएको छ ।
देवदह–१० मा कांग्रेसका यकुको प्यानल विजयी

देवदह १० मा नेपाली कांग्रेसका यकु सुनारको प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले एमालेका मन बहादुर कनौजेको प्यानललाई पराजित गर्दै जीत हासील गरेको हो ।
वडाध्यक्षमा यकु सुनार २१५६ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कनौजेले १७८० मत प्राप्त गरेका छन् । खुल्ला, महिला र दलित महिला सदस्यमा पनि कांग्रेस र माओवादीको गठबन्धनले जीत हासील गरेको निर्वाचन कार्यालयले जनाएको छ ।