Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सबै माध्यमिक विद्यालयमा नर्स : एमाले
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सबै माध्यमिक विद्यालयमा नर्स : एमाले

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
सबै माध्यमिक विद्यालयमा नर्स : एमाले
60
SHARES
ShareTweet

तिलोत्तमा, १७ बैशाख । एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ ।
विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रवन्ध गर्ने योजना ल्याएको छ ।
आगामी पाँच वर्ष भित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयात्मक पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यसैगरी मावि तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्ने योजना पनि एमालेले अगाडि सारेको छ । त्यस्तै निजी स्रोतबाट नियुक्त गरिने शिक्षकहरूलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउने नीति लागु गर्न सबै विद्यालयहरूमा अनुगमन गरिने एमालेको प्रतिवद्धता छ ।
त्यसैगरी एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं १४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने जनाएको छ । त्यस्तै विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने योजना पनि एमालेको छ । “यसका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना गर्न प्रोत्साहित गरिने छ”–एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गरेरै छाड्ने बताउनु भयो । “हामीले प्रतिवद्धतापत्रमा काल्पनिक कुरा लेखेका छैनौं, सबै कुरा कार्यान्वयन गर्न सकिने खालका छन्, नगरबासीलाई साथमा लिएर हाम्रा योजना अगाडि बढाउँछौं”–उहांले भन्नुभयो ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा रहेको संस्कृत विद्यापीठको पनि प्रवद्र्धन गरिने एमालेले जनाएको छ ।

≪ Previous Post

उपमेयरका उम्मेदवार गुुरुङको प्रतिबद्धता :‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’

Next Post ≫

व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्छु : पुन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क