बुटवल, १७ बैशाख । पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवलबासी हुुँ भन्दा गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
पछिल्लो पाँच बर्षमा सडक निर्माणमा स्थानीय सरकारले चासो दिन नसक्दा बुटवलबासी भन्न लाजमर्दो भएकाले आफूूले गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको हो । बुटवलको मुख्य सडकको अस्तव्यस्तता, भित्रि सडकको व्यवस्थापन गर्दै सुन्दर र व्यवस्थित बुुटवल बनाउने गुरुङले मतदाताहरुलाई विश्वास दिलाउनु भएको छ ।
शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ३, १० र १२ मा मतदातासंगको भेटघाटमा उपमेयर गुरुङले अब बुुटवलमा अव्यवस्थित बसोबासी, सुुकुुम्बासी समस्या, ट्राफिक व्यवस्थापन, चुरे पहाडको पहिरो, खानेपानी, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
‘म २०५४ सालदेखि जनप्रतिनिधि भएर बुुटवलबासीको सेवामा खटिएको छुु, बुटवलबासीले चाहेको, खोजेको विकास भएको छैन, अब त्यसको नेतृत्व गठबन्धनले गर्नेछ’ उहांले भन्नुभयो ।
उहांले आफू जनप्रतिनिधिका रुपमा रहेपनि एमाले नेतृत्वले काम गर्ने वातावरण नबनाएको बताउँदै त्यसैले विद्रोह गरेको उल्लेख गर्नुभयो । मतमाझ आफूहरुले जे काम गर्ने हो, त्यहि काम मात्रै गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जनताको घरदैलौमा पुुगेका गुुरुङलाई मतदाताहरुले बुटवलबासी भनेर गर्व गर्न लायक बनाउन सुुझाव दिएका थिए । बृद्ध आमा, बुुवा र युुवाहरुले आफूलाई मत दिने आश्वासन दिएको उहांले बताउनु भयो ।
बुटवलमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ उपमेयरमा उम्मेदवार छन् । बुुटवलमा काँग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल गरेर गठबन्धन थरिएको छ ।