Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका भित्री मुख्य सडकलाई दुई लेनमा स्तरोन्नती गरिने
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाका भित्री मुख्य सडकलाई दुई लेनमा स्तरोन्नती गरिने

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
तिलोत्तमाका भित्री मुख्य सडकलाई दुई लेनमा स्तरोन्नती गरिने
80
SHARES
ShareTweet

तिलोत्तमा, १७ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकको रुपमा स्तरोन्नती गरिने भएको छ । नेकपा एमालेले नगरभित्रका मुख्य–मुख्य सडकलाई आगामी ५ वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नति गरिने जनाएको हो । सहायक सडकलाई कालोपत्रे गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । हाल एमालेकैं नेतृत्वमा रहेको नगर सरकारले पाँच वर्षको अवधिमा धेरै सडक कालोपत्रे गरिसकेको छ । तर, नयाँ नगरपालिका र बस्ती विकास तीव्र भएकोले यहाँ कालोपत्रे गर्नुपर्ने सडक अझै बाँकी छन् । विश्व बैंकको सहयोगमा मंगलापुरदेखि कान्छी बजारसम्मको सडकलाई यस क्षेत्रकैं नमूना सडकको रुपमा स्तरोन्नती गर्न प्रक्रिया अघि बढेको छ भने अन्य कतिपय सडकहरु निर्माणको क्रममा रहेका छन् । पाँच वर्षको अवधिमा नगरमा चाहिने अत्यावश्यक भौतिक पूर्वाधारमा बढी बजेट खर्च भएकोले पर्याप्त रकम सडकमा लगाउन नसकिएकोमा आगामी पाँच वर्षमा यथेष्ट बजेट सडक स्तरोन्नतीमा लगाइने नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंले बताउनुभयो । ‘नयाँ नगरपालिका भएकाले एमाले नेतृत्वको टीमले पहिलो पाँच वर्ष प्रमुख प्रशासकीय भवन, वडा कार्यालय भवन, स्वास्थ्य संस्था भवनलगायत सहरी पूर्वाधार र अन्य क्षेत्रमा बढी खर्च गर्नुपर्यो, अब हाम्रो नेतृत्वले मुख्य—मुख्य सडकको स्तरोन्नती, सहायक सडक
कालोपत्रेलाई प्राथमिकतामा राख्छ ।’ उहाँले भन्नुभयो ।
तिलोत्तमा नगरपालिकामा मुख्य—मुख्य सडकहरुको राइट अफ वे निर्धारण गरिएको छ भने सडक सञ्जाल विकासको प्राथमिकता निर्धारण गरिएको छ । एमालेले स्थानीय चुनावको सन्दर्भमा निर्माणाधीन दुई लेनको चक्रपथ निर्माणको कार्य संघ तथा प्रदेश सरकारको समन्वयमा आगामी ५ वर्षभित्रमा सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ । अघिल्लो प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेट पछिल्लो सरकारले कटौती गरिदिएपछि चक्रपथ निर्माण तथा अन्य सडक निर्माणका काम समेत रोकिएका छन् । एमालेले कटानी भुल्कादेखि भूपू सैनिक जाने सडकको सुखौरा खोलामा र भूपू सैनिक र देवदहको टटेराजोड्ने रोहिणी खोलामा पक्की पुल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग आवश्यकपहल गरिने, नगरपालिकाभित्र भइरहेका सडकको स्तरोन्नति गर्ने तथा अब बन्ने नयाँ सडकको न्यूनतम मापदण्ड कायम गरी गुणस्तरीय सडक विस्तार गरिने प्रतिबद्धता जनाएको छ । १६÷३६ नहरका दुबैतर्फ हरियाली सडक निर्माण र प्रवद्र्धनमा योजना बनाई कार्यान्वयन गरिने, डिपिआर सम्पन्न भइसकेको प्रादेशिक बस टर्र्मिनल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गरिने पनि एमालेले जनाएको छ ।
सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थामास्थानीय जनताको पहुँच सुनिश्चित गरिने घोषणा पत्रमा उल्लेख छ । ड्राइभरटोल, मणिग्राम, भलवारी र कोटिहवामा हाल जडान गरिएका ट्राफिक लाइटको दिगो व्यवस्थापन गरिने, ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने, घर तथा भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्ने, सडकमा चौपाया बाँधेर राख्ने जस्ता सडक यातायातमा व्यवधान पु¥याउने कार्यलाई निरुत्साहित गरी सडक आवागमनमा सहजता ल्याइने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

≪ Previous Post

तिलोत्तमा ४ मा कांङ्ग्रेसको प्रचार प्रसार कार्यालय उद्घाटन

Next Post ≫

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क