वडा न ३ मा चुनाव प्रचार प्रसार कायार्यल उदघाटन, २०० वढि कांग्रेस प्रवेश
तिलोत्तम । तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले अघिल्लो निर्वाचनमा एमालेको घोषणा पत्रमा उल्लेख भएको १० प्रतिशत काम पनि नभएको बताउनु भएको छ । उहाँले एमालेले सधै जनता झुक्याउने, भ्रम छर्ने काम गरेको र चुनावी घोषणा पत्रमा उल्लेख भएका कुनै काम नभएको बताउनु भएको हो । शुक्रबार कांग्रेसको तिलोत्तमा वडा नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै नेता खाँणले तिलोत्तमाका मेयर बसुदेव घिमिरेले बाहिर सरकारी सेवा सुबिधा लिन्न भनेर नाटक गर्ने तर भित्र नितिगत रूपमै करोडौंको भ्रष्टाचार गर्ने गरेको गम्भीर आरोप लगाउनु भयो ।
त्यस्तै, गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार तथा माओवादी केन्द्रका नेता हेमन्त पाण्डेले तिलोत्तममा गठबन्धनको जित सुनिश्चत भएको दावि गर्नुभयो ।
वडा नम्बर तीनका वडा अध्यक्ष पदका उम्मेदवार कल्याण पौडेलले एमालेका वडा अध्यक्षले वडावासीका गुनासो सम्बोधनमा कुनै चासो नदिएको र गएको पाँच वर्षसम्म जनताका मागको सुनुवाई नभएको बताउनु भयो । दलका आधारमा एमालेका वडा अध्यक्षले वडावासीलाई भेदभाव गर्ने गरेको र फरक दल भएकै कारण वडावासीले वडा कार्यालयमा अनेक समस्या भोग्नु परेकाले त्यसलाई अन्त्य गर्न र सवैको साझा नेतृत्वको रुपमा आफूलाई जिताउन ठकुरीले आग्रह गर्नुभयो ।
वडा सभापति केशरी पाण्डेको सभापतित्वमा भएको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा महासमिति सदस्य रोमणि पाठक, चित्र केसी, माओवादी केन्द्रका होम न्यौपाने, वडा सचिव दिनेश सुवेदी लगायतले एमाले नेतृत्वले नगरको विकास गर्न नसक्ने भन्दै नगरको समग्र विकासका लागि गठवन्धनका उम्मेदरवालाई विजयी गराउन आग्रह गर्नुभयो । सो अवसरमा मेयरका उम्मेदवार खाणले वडा नम्वर ३ को सिताराईस मिल चोक निर स्थापना गरिएको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्नुभएको थियो । नेता रोमणिवडा नम्बर एकको घर दैलो कार्यक्रमकै विचमा आयोजना गरिएको सो अवसरका वडाका विभिन्न टोलवाट एमाले परित्याग गरी २०० वढि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

