Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी : एमाले
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी : एमाले

संसारपोस्ट संवाददाता · १५ बैशाख २०७९ · 0
तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी : एमाले
90
SHARES
ShareTweet

तिलोत्तमा, वैशाख १५ । नेकपा एमालेले तिलोत्तमा नगरपालिकामा आगामी तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीले आगामी ३ वर्षभित्र स्वच्छ खानेपानी शतप्रतिशत घर परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । सामान्यतयाः ओभरहेड टंकीबाट वितरण गरिने खानेपानीलाई स्वच्छ खानेपानी मान्ने गरिन्छ ।

पार्टीले प्रकाशन गरेको प्रतिबद्धता पत्रमा ओभरहेड टंकी निर्माण र पाइपलाइन विस्तार गर्न संघ तथा प्रदेश सरकारबाट समेत लगानी सुनिश्चित गरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आवश्यक सहयोग र सहजीकरण गरिने उल्लेख छ । तिलोत्तमा नगरपालिकामा आधारभूत स्तरको खानेपानीको पहुँच सबै नगरबासीको पहुँचमा रहेको छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीका हाल अनुसार तिलोत्तमाका झण्डै ८० प्रतिशत बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा छन् ।

तिलोत्तमाको धेरै जनसंख्या रहेको साविकका शंकरनगर, आनन्दवन, करहियाका अधिकांश घर परिवार स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । हाल निर्माणको क्रममा रहेका आयोजना सम्पन्न गरी थप ओभरहेड टंकी र पाइप विस्तार गरेर सबै नगरबासीको पहुँच स्वच्छ खानेपानीमा पुर्याउने नेकपा एमालेले जनाएको छ । तिलोत्तमा नगरपालिकामा हाल खानेपानी वितरण गर्दै आएका र निर्माणको क्रममा रहेका शंकरनगर, शंकरनगर—आनन्दवन, करहिया, करहिया—मक्रहर, मधवलिया, टिकुलिगढ, भुल्के, भूपू सैनिक, गंगोलिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रहेका छन् । यी आयोजनाहरुले आवश्यकता अनुरुप सेवा विस्तार गर्दै गएका छन् ।

सबैका लागि सुरक्षित तथा उपभोक्ता मैत्री मूल्यमा पिउने पानीको सर्वसुलभता र समतामूलक पहँुचका लागि प्राथमिकता दिइने एमालेले जनाएको छ । खानेपानी तथा सरसफाई व्यवस्थापनको दिगो विकासका लागि स्थानीय समुदायहरूको सहभागितालाई अझ सबल बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै नगरक्षेत्रभित्र ढलको समुचित व्यवस्थाको पहल गरी अब बन्ने नयाँ सडकमा ढल निर्माणसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने पनि एमालेले जनाएको छ ।

यसैगरी नगरपालिकाबाट राइट अफ वे निर्धारण गरिएका महत्वपूर्ण सडकहरूको ढल, नाली निर्माणमा प्राथमिकता दिइने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । एमालेले स्थानीय तह सदस्य निर्वाचनमा नगर प्रमुखमा मोहन चापागाईं तथा उपप्रमुखमा जागेश्वरी चौधरीलाई उम्मेदवार बनाएको छ । उम्मेदवारहरुले प्रतिबद्धता अनुसारको काम हुने जनाएका छन् ।

≪ Previous Post

आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा तिलोत्तमाका मेयर घिमिरे

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा गठबन्धनको प्रतिबद्धता पत्र सार्बजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क