Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तु नगरपालिकाका प्रमुख विरुद्ध उप प्रमुखद्वारा मुद्दा दायर
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तु नगरपालिकाका प्रमुख विरुद्ध उप प्रमुखद्वारा मुद्दा दायर

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
कपिलवस्तु नगरपालिकाका प्रमुख विरुद्ध उप प्रमुखद्वारा मुद्दा दायर
80
SHARES
ShareTweet

स्थानीय सरकार संचालन ऐन विपरित नगर सभा गरेको आरोप



संसार पोष्ट
कपिलवस्तु, ९ साउन । कपिलवस्तु नगरपालिकाका उप प्रमुखले नगर प्रमुख विरुद्ध अदालतमा मुद्दा दर्ता गराउनु भएको छ । उप प्रमुख लक्ष्मी देवी गुप्ता सावले नगर प्रमुख किरण सिंह विरुद्ध मुद्दा दर्ता गराउनु भएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको व्यवस्था विपरित नगर सभा संचालन गरेको भन्दै उप प्रमुख सावले नगर प्रमुख सिंह विरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल ईजलासमा मुद्धा दायर गर्नुभएको हो ।
उप प्रमुख गुप्ताले दायर गर्नुभएको मुद्धामा नगर प्रमुख किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगर सभालाई विपक्षी बनाईएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उप प्रमुख हुने व्यवस्था छ । तर सो ऐनको दफा ६७ विपरित नगर प्रमुख अघि बढेको र जवरजस्ती नगर सभा संचालन गरेकाले नगर प्रमुख सहित नगर सभा विरुद्ध उच्च अदालतमा मुद्धा दायर गरेको उप प्रमुख गुप्ताले बताउनु भयो ।


योजना तर्जुमा समितिको संयोजक समेत रहनुभएकी उप प्रमुख गुप्ताले आफुसंग कुनै छलफल नगरि नगर प्रमुखले बजेट बनाएको जिकिर गर्दै मुद्दा मार्फत पांचौ नगर सभाको निर्णय कार्यान्वयन नगर्न नगराउन उच्च अदालत समक्ष माग गर्नुभएको छ । उप प्रमुख गुप्ताले दायर गर्नुभएको मुद्दामा अदालतले यही साउन १५ गतेलाई पेशी तोकेको छ ।
स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर वा उपाध्यक्ष हुनुपर्ने कानुनी व्यवस्था छ । तर, सोही दफामा उल्लेख गरिएका कार्यमा नगर प्रमुखले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै उप प्रमुख गुप्ताले असन्तुष्टि जनाउदै आउनुभएको थियो ।


नगरपालिकाको पाचौं नगर सभामा उप प्रमुख गुप्ताले असहमति जनाउँदा जनाउँदै नगर प्रमुख सिंहले जवरजस्ती नीति, कार्यक्रम तथा बजेट पास गरेपछि विवाद उत्कर्षमा पुगेको हो । योजना तर्जुमा समिति मै विमति राख्दै आउनुभएकी उप प्रमुख गुप्ताले नगर कार्यपालिका बैठक, नीति तथा कार्यक्रम र बजेट सहितको कार्यक्रम बहिस्कार गर्नुभएको थियो ।

≪ Previous Post

सर्ने रोग लागेकाको सङ्ख्या बढ्दो

Next Post ≫

आजको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क