Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्रोहा बोलबम मन्दिरमा २० हजार बढी भक्तजनद्वारा जलार्पण
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पर्रोहा बोलबम मन्दिरमा २० हजार बढी भक्तजनद्वारा जलार्पण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
पर्रोहा बोलबम मन्दिरमा २० हजार बढी भक्तजनद्वारा जलार्पण
80
SHARES
ShareTweet


संसार पोष्ट
सैनामैना, ६ साउन । साउन महिनाको पहिलो सोमबार २० हजार बढी भक्तजनले पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्गमा जलार्पण गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले पहिलो सोमबार नै २० हजार बढी भक्तजनले मन्दिरमा जलार्पण गरेको र अर्को सोमबार भक्तजनको संख्या झनै बढ्ने बताउनु भयो ।
असार ३१ बाटै सुरु भएको श्रावणी मेला तथा बोलबम जलार्पण यात्राको सुरु दिनको सहभागिताबाटै उत्साहित भएका आयोजकहरुलाई साउनको पहिलो सोमबारले थप उत्साहित बनाएको मन्दिर व्यवस्थापन समितिका महासचिव प्रेम भुसालले बताउनु भयो ।
विहान ३ बजेदेखि नै भक्तजनहरुले बोलबम शिब ज्योतिर्लिङ्गमा जल चढाउने क्रम सुरु गरेको र त्यो क्रम दिउँसो ३ बजेसम्म पनि जारी नै रहेको थियो । भक्तजन आउने र जाने क्रम विहानैदेखि सुरु भएकोले पनि मन्दिरमा दर्शन गर्न र जल चढाउन धेरै लाईन वस्नु नपरेको भक्तजनको भनाई छ ।
पहिलो सोमवार नेपालका छिमेकी जिल्लाका साथै भारतवाट समेत भक्तजन पर्रोहा बोलबममा जल चढाउन मन्दिर आएका थिए । यसैगरी पर्रोहा बोलबम धाममा मेला हेर्न आउनको समेत चहलपहल बढेको छ । मन्दिर परिसर बाहिर लाग्ने मेलामा धार्मिक सामाग्रीका साथै युवाहरुलाई आकर्षित गर्नेगरी सजावटका सामाग्रीहरुको विक्री बढी भएको देखिएको छ ।
यात्रा व्यवस्थापन समितिका संयोजक अर्जुन धमालले यही साउन ९ गते त्रिवेणीको लागि पैदल यात्रा तय गरिएको छ र त्यसमा सहभागी हुन भक्तजनलाई अनुरोध गरिएको बताउनु भयो ।

≪ Previous Post

बर्दघाटको एक होटलबाट संचालक सहित १० जना पक्राउ

Next Post ≫

बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका विपदमा १९५ को मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क