Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउनका कारण वन्द रहेका सार्वजनिक यातायात विधिवत रुपमा असौज ५देखि सञ्चालन हुने
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लकडाउनका कारण वन्द रहेका सार्वजनिक यातायात विधिवत रुपमा असौज ५देखि सञ्चालन हुने

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७७ · 0
लकडाउनका कारण वन्द रहेका सार्वजनिक यातायात विधिवत रुपमा असौज ५देखि सञ्चालन हुने
120
SHARES
ShareTweet

बुटवल ४ असौज
नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते देखि गरिएको लकडाउन पछि बन्द भएका सार्वजनिक सवारी सञ्चालनमा आउन थालेका छन् । सार्वजनिक सवारी छिटफुट सञ्चालनमा आउन थालेपछि वजारमा पनि केही चहलपहल बढेको छ ।
लकडाउन पछि करिव ६ महिना बन्द भएका लामो तथा छोटो दुरीका केही सवारी रुपन्देहीमा शनिवार देखि सञ्चालनमा आएका छन् । सरकारले असोज १ गते देखि नै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि स्थानीय प्रशासनले ठोस निर्णय नगरेका कारण यस क्षेत्रका व्यवसायी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने नगर्ने अन्यौलतामा रहेका थिए । यहि अन्यौैलताकै विच यस क्षेत्रका यातायात ब्यवसायीहरुले स्वैच्छिक रुपमा क्यु फ्री गरेर शनिवार देखि सिमित सवारी साधन सञ्चालन गरेका छन् ।
रुपन्देहीको पश्चिम नेपाल बस व्यबसायी प्रालि., बुटवल यातायात प्रालि. र सिद्धार्थ यातायात प्रालि. अन्तरगतका संस्थामा आवद्ध व्यबसायीहरुले शनिवार देखि लामो दुरीका केही बसहरु कयु फ्री गरेर सञ्चालन गरेका छन् । असोज ५ गतेदेखि भने तीन वटै व्यवसायिक संस्थाले समग्र कयु ब्यवस्थापन गरेर सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी गरेका बुटवल यातायात प्रा लि का संचालक दिपकप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
असोज ३ र ४ गते सबै गाडी कयु फ्री मा सञ्चालन हुनेछन् भने ५ गतेदेखि सबै व्यवसायिक संस्थाहरुले सबै रुटमा कयु निर्धारण गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने पश्चिम नेपाल बस ब्यबसायी प्रालि.का सञ्चालक नारायणप्रसाद घिमिरेले वताउनु भयो ।
नेपालीहरुको महान चाड दशैंको मुखमा आएर सरकारले लामो समयदेखि ग्यारेज तथा यत्र तत्र थन्किएर रहेका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि कुल क्षमताको २५ प्रतिशत मात्रै सर्वसाधारण यात्रुले सार्वजनिक सेवाको सुविधा पाउने छन् । लामो लकडाउनका कारण यातायात सञ्चालन गर्न नपाएर ठूलो आर्थिक मारमा परेका व्यबसायीहरु यात्रुहरुले सजिलै सार्वजनिक यातायातमा यात्रा गर्छन भन्नेमा अझै पनि ढुक्क हुन सकेका छैनन् । यहि कुरालाई आत्मसाथ गरेर यातायात ब्यबसायिक संस्थाहरुले कूल क्षमताको ५० प्रतिशत मात्रै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् । अर्कोतर्फ सरकारले निर्धारण गरेको ५० प्रतिशत यात्रु बोक्न पाउने प्रावधानका कारण त्यसको आधा मात्रै यात्रुले सार्वजनिक यातायातको अवसर पाउने छन् ।
विश्वमै महामारकिो रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको ठूलो मारमा देशभरिकै यातायात बयवसायहिरु परेका छन ।
करिव ६ महिना पछि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णयले केही राहतको महशुस गरेका यातायात व्यबसायीहरुले स्थानीय प्रशासनको अन्यौलताका कारण असोज १ गतेदेखि नै यातायात सञ्चालन गर्न भने सकेनन् । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि स्थानीय प्रशासनलाई समयमा परिपत्र नगरेका कारण जिल्ला प्रशासन कार्यालय रुपन्देही आफै सार्वजनिक सवारी सञ्चालन गर्न दिने कि नदिने भन्ने अन्यौलमा परेको थियो । त्यसैकारण प्रशासनले जिल्लाको पूर्व निर्धारित असोज ४ गतेसम्मको निशेधाज्ञा अवधिभर सार्वजनिक सवारी सञ्चालन नगर्न व्यबसायीलाई आग्रह गरेको थियो । प्रशासनकै आग्रह अनुसार २ दिन कयु फ्री मा सिमित गाडी सञ्चालन गर्ने र ५ गतेदेखि समग्र कयु ब्यबस्थापन गरेर सबै रुटमा गाडी सञ्चालन गर्ने तयारी गरिएको बुटवल यातायात प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।

≪ Previous Post

प्रदेश ५ सरकारले १० महिला सहित ५८ जनालाई प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय

Next Post ≫

सरकारको गलत क्रियाकलापले कार्यकर्ता निरास हुदै काँग्रेसमा प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क