बुटवल ३ असौज
संबिधान दिवशको अवसरमा प्रदेश ५ सरकारले ५८ जनालाई प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ । १० जना महिला सहित सरकारले विभिन्न ११ पदकवाट प्रदेशमा विभिन्न क्षेत्रवाट उल्लेख्य योगदान पुराएकाहरुलाई विभूषित गर्ने भएको हो । आगामी फागुन ३ गते पदक पाउनेहरुलाई विशेष समारोहका बीच विभूषित गरिने भएको छ ।
सरकारले बुद्ध शान्ति पदकवाटआचार्य डा भिक्षु अमृतानन्द महास्थवीर (मरणोपरान्त पाल्पाका ,बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको र म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै प्रदेश प्रमुख जनसेवा पदक क गुमराह थारु (मरणोपरान्त)दाङ्ग, बेलुवा बञ्जाडिको किसान आन्दोलनका अगुवाको रुपमा विशिष्ट योगदान गरेको ,प्रदेश प्रमुख जनसेवा पदक खवाटखगुलाल गुरुङ्गप्यूठानको बाम आन्दोलनको अगुवाकर्ता भई गणतन्त्र स्थापनाको लागि योगदान गरेको, तेजमान घर्ती मरणोपरान्त रोल्पामा गणतन्त्र प्राप्तिका लागि सशस्त्र संघर्षको थालनीकर्ताको रुपमा विशेष योगदान गरेको भनी विभूषित गर्ने भएको हो ।
प्रदेश प्रमुख जनसेवा पदक गवाट धनमाया श्रेष्ठ (मरणोपरान्त) गणतन्त्र स्थापनाको क्रममा भएको सशस्त्र द्वन्द्वमा रुकुम जिल्लामा महिलाको तर्फबाट अगुवाई गर्दा पहिलो सहादत प्राप्त गरेको ,सोही पदकवाट केवल गाहामगर मरणोपरान्त गणतन्त्र प्राप्तिका लागि पाल्पा जिल्लामा भएको सशस्त्र संघर्षको नेतृत्व गर्दा सहादत प्राप्त गरेको,र कृष्ण थारु (बेपत्ता)गणतन्त्र प्राप्तिका लागि सशस्त्र संघर्षको क्रममा बर्दियाबाट अगुवाई गर्दा गर्दै हालसम्म बेपत्ता रहेको भनी प्रदान गरिने भएको छ ।
त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक क वाट बलदेव शर्मा पोख्रेल मरणोपरान्त रुपन्देही प्रदेश स्थापना पछि गठन भएको प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा प्रदेशको समृद्धि तथा प्रतिष्ठा अभिवृद्धिमा विशिष्ट योगदान गरेको भनी विभूषित गरिने भएको छ ।
मुख्यमन्त्री प्रज्ज्वलदीप पदकखवाट माणिकलाल गौतम दाङ्ग प्रदेशको विकास र प्रतिष्ठा अभिवृद्धिमा विशेष योगदान गरेको,चिनियालाल बज्राचार्य पाल्पाप्रदेशको विकास रप्रतिष्ठा अभिवृद्धिमा विशेष योगदान गरेको,दयाराज बस्याल मरणोपरान्त लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अनवरत संघर्ष गरी संघीयसंरचना कायम भएपछि पाल्पा जिल्लाको जिल्ला समन्वय समितिको प्रमुख पदमा रहीप्रदेशको विकास र प्रतिष्ठा अभिवृद्धिमा विशेष योगदान गरेको भनी विभूषित गरिने भएको छ ।
मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ग मनोज चौधरी घाईते दाङ्ग गणतन्त्र र संघीयता प्राप्तिको लागि भएको सशस्त्र संघर्षमासम्मिलित हुँदा पटक पटक घाईते भएको र हाल पनि प्रदेशको प्रतिष्ठा अभिवृद्धिमा योगदान गरिरहेको भनी पदक प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै प्रदेश सेवा समर्पण पदक कवाट डा राजेन्द्र प्रसाद खनाल रुपन्देही लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्टको पदमा रही कोभिड १९ बाट संक्रमित बिरामी र अन्य बिरामीहरुको उपचारको समुचित व्यवस्था मिलाएको ,प्रदेश सेवा समर्पण पदकखवाट डा सुमित प्रजापति रुपन्देही भीम अस्पताल भैरहवामा कोभिड १९ बाट संक्रमितहरुको समुचित उपचार व्यवस्था मिलाएको, डा उत्तम पच्या गुल्मी जिल्ला अस्पतालमा कार्यरत रही स्वास्थ्य सेवामा प्रशंसनीय कार्य गरेका, बसुन्धरा ज्ञवाली गौतम बाँक भेरी अस्पतालमा कार्यरत रही खजुरास्थित कोरोना संक्रमितहरुको उपचारगर्ने अस्पतालमा समेत खटिई संक्रमितहरुको उपचारमा संलग्न भई विशेष योगदान गरेको ,ध्रुव धितालरुपन्देही खानेपानी आयोजनाको तर्जुमा तथा गुणस्तर नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गरेको, विमला रोका श्रेष्ठ रुकुम पूर्वदुर्गम जिल्ला रुकुम पूर्वको जिल्ला समन्वय समितिमा रही इमान्दारी पूर्वक काम गरेको, सुमित कुमार अग्रहरी रुपन्देहीआर्थिक मामिला तथा योजना मन्त्रालयमा रही बजेट प्रणाली सञ्चालनमा योगदान गरेको ,विष्णु आचार्य रुपन्देही स्थित आइसोलेसन केन्द्रहरुमा आयूर्वेदिक पद्धति र योगामार्फत कोभिड १९ संक्रमितहरुको उपचार गरेको र संक्रमितहरुमा हौसला प्रदानगरेको,र प्रेम बहादुर गौतम रुपन्देही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रही तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्ने गरेका ।
प्रदेश सेवा समर्पण पदक गवाट लक्ष्मण पन्थी रुपन्देही प्रदेश जनस्वास्थ प्रयोगशालामा कार्यरत रही कोभिड १९ का सम्भावित संक्रमितहरुको नमुना संकलन गरी ल्याब परीक्षण गरेको,आयुस्मा अर्याल कपिलबस्तु अस्पतालमा रही कोभिड १९ संक्रमितहरुको उपचारमा संलग्न रहेका, र योगेन्द्र नाथ उपाध्याय रुपन्देही आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्थापनादेखि हालसम्म उत्कृष्ट कार्यसम्पादन गरेका उल्लेख छ।
त्यस्तै उजिरसिंह दीप पदक ख अभय कुमार झा दाङ्गप्रदेश प्रहरी कार्यालयको सञ्चार कक्षमा रही सुरक्षा र विपद् सम्बन्धी सूचना संकलन एवं सूचना प्रवाहमा विशेष योगदान गरेका उजिरसिंह दीप पदक ग डिल बहादुर सिंजाली मगर जिल्ला प्रहरी कार्यालय, बाँकेको कार्यक्षेत्रमा रही दुर्लभ वन्यजन्तुहरु तथा तिनीहरुको अंगहरुको अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणमा योगदान गरेको,फुलेराम थारु रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलको कार्यक्षेत्रमा रही महत्वपूर्ण संरचनाहरुको सुरक्षा र अपराध नियन्त्रणमा योगदान गरेको, प्रभु सुनार जिल्ला प्रहरी कार्यालय, दाङ्गको कार्यक्षेत्रमा रही घोराही उपमहानगरपालिका, घोराहीमा रहेको मानव निर्मित तलाउमा डुबेका व्यक्तिहरुको उद्दार गरी साहसिक कार्य गरेका उल्लेख छ,।
समाजसेवा श्री पदक क नेपाल संस्कृत विश्वविद्यालय दाङ्ग कोभिड(१९ संक्रमितहरुको उपचार गर्न आवश्यक श्रोत साधन उपलब्ध गराई विशिष्ट योगदान गरेको, समाजसेवा श्री पदक ख अर्जुन ज्ञवाली रुपन्देही पत्रकारिता क्षेत्र मार्फत मानवअधिकार र समाज सुधारको क्षेत्रमा विशिष्ट योगदान गरेको,रोमहर्ष धिताल बाँके मानवअधिकार र समाज सुधारको क्षेत्रमा विशेष योगदान गरेको,डा. चित्र प्रसाद वाग्ले (मरणोपरान्त)अर्घाखाँची जिल्ला अस्पतालमा रही स्वास्थ्य सेवाको क्षेत्रमा विशेषयोगदान गरेको,खिमलाल पोख्रेल नवलपरासी पश्चिम सामाजिक क्षेत्रमा विशेष योगदान गरेको उल्लेख छ ।
समाजसेवा श्री पदक गवाट विनय पोख्रेलदाङ्ग स्वयंसेवा मार्फत सामाजिक क्षेत्रमा योगदान गरेका, पवित्रा पौडेलअर्घाखाँची महिला आन्दोलन र समाजसेवाको क्षेत्रमा योगदान गरेको, प्रभा पौडेल कपिलवस्तु महिला आन्दोलन र समाजसेवाको क्षेत्रमा योगदान गरेको, सरिता खनाल बाँके नीलसागर सेवा आश्रम स्थापना गरी समाजसेवाको क्षेत्रमा योगदान गरेको, आशा अपाङ्ग केन्द्र गुल्मी मानव सेवाको क्षेत्रमा योगदान गरेको उललेख छ ।
प्रदेश रत्न पदक कलोकेन्द्र विष्टमगर दाङ्ग ड्रयागन फलफुल खेती मार्फत कृषि क्षेत्रमा नवप्रवर्द्धनात्मक कार्य गरी महत्त्वपूर्ण योगदान गरेको,प्रदेश रत्न पदक ख लक्ष्मीप्रसाद पुन रुकुम पूर्वस्याउ खेती तथा स्याउ नर्सरी मार्फत कृषि क्षेत्रमा योगदान गरेको, अर्घाखाँची सिमेन्ट प्रा.लि. दाङ्ग श्रम र रोजगारी सिर्जना गरी उल्लेखनीय योगदान गरेको,सगुन कन्स्ट्रक्सन रुपन्देही प्रदेश ५ का विभिन्न खानेपानी आयोजनाहरुको निर्माणमा विशेष योगदानगरेको भनी उल्लेख गरिएको छ ।
प्रदेश रत्न पदकगवाट मार्शल रोका दाङ्ग प्रविधिको क्षेत्रमा नवप्रवर्द्धनात्मक कार्य गरेको, भोजराज रेगामी गुल्मी अगुवा किसानको रुपमा व्यवसायिक कफी खेती गरी उदाहरणीय कामगरेको पुरमल बस्नेत बाँके व्यावसायिक रुपमा पुत्का (माहुरी) पालन गरी प्रेरणादायी कार्यगरेको भनी विभूषित गरिने भएको छ । पुथा श्री पदक ख सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बाँके होटल व्यवसाय मार्फत पर्यटन क्षेत्रमा योगदान गरेको, पुथा श्री पदक ग बुलबुले थारु पाहुना घरथारु दाङ्ग
साँस्कृतिक होमस्टे मार्फत पर्यटन क्षेत्रमा योगदान गरेको,र जैविक होमस्टे डल्ला बर्दिया होमस्टे मार्फत पर्यटन क्षेत्रमा योगदान गरेको भनी उल्लेख गरिएको छ ।
प्रदेश प्रज्ञा पदक क नारायण सिंह गुरुङ्ग दाङ्ग जिल्लामा सम्वत् २०२६ सालदेखि शैक्षिक जागरणको क्षेत्रमा विशिष्ट योगदान गरेको,प्रदेश प्रज्ञा पदक ग धवल पुस्तकालय पाल्पा सम्वत्२००७ सालमा स्थापना भई शैक्षिक तथा जनजागरणको क्षेत्रमामहत्वपूर्ण योगदान गरेका भनी उल्लेख गरिएको छ ।
प्रजापति गौतमी पदक क चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त)पाल्पा कला र साहित्य मार्फत महिला जागरण तथा सशक्तिकरणमा विशिष्ट योगदान गरेको ,प्रजापति गौतमी पदक ख पूर्णमाया महर्जन पाल्पा जिल्लामा सम्वत् २०१५ सालमा ढाका उद्योग स्थापना गरी महिलाहरुलाई उद्यमी बन्न उत्प्रेरणात्मक कार्य गरिरहेका भनी उल्लेख गरिएको छ ।
प्रजापति गौतमी पदक गवाट रिता सेन ओली रुपन्देही महिला सशक्तिकरण र बालबालिकाको हक हित र संरक्षणको क्षेत्रमायोगदान गरेको ,त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योग महिला समूहबाट सामूहिक ढाका बुनाई उद्योग संचालन गरी उत्प्रेरणात्मक योगदान गरेका भनी उल्लेख गरिएको छ ।
दङ्गिशरण बलिहाङ्ग पदक क बुद राना (लोक बहादुर राना मगर)रुपन्देही साँस्कृतिक, भाषिक र साहित्यिक क्षेत्रमार्फत जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको, दङ्गिशरण बलिहाङ्ग पदक ख श्यामानन्द सिंहबाँके अवधि भाषा साहित्यमार्फत सांस्कृतिक पहिचानको संरक्षण तथाप्रवर्द्धन गरी योगदान गरेको र दङ्गिशरण बलिहाङ्ग पदक गगोरन चौधरी (मरणोपरान्त)दाङ्ग संस्कृति र कला क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको र मोहम्मद इलिहात खाँ कपिलवस्तुसामाजिक सद्भाव र सामाजिक सुधारको क्षेत्रमा योगदान पु¥याएको भनी पदक पाउने भएका छन ।