Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुको चन्दौटाका एक पुरुष एक महिला गरि २ कोरोना संक्रमितको मृत्यु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कपिलवस्तुको चन्दौटाका एक पुरुष एक महिला गरि २ कोरोना संक्रमितको मृत्यु

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७७ · 0
कपिलवस्तुको चन्दौटाका एक पुरुष एक महिला गरि २ कोरोना संक्रमितको मृत्यु
110
SHARES
ShareTweet

बुटवल,२९ भदौ
बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना र भैैरहवा स्थित भीम अस्पतालमा एक जना गरि रुपन्देहीमा २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
दुवै जना कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्दौटा पुरुष र महिला रहेका छन ।
बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्युु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिला रहको अस्पतालले जनाएको छ ।
उहाँको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो ।
उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा. गौतमले बताउनु भयो ।
भैैरहवा स्थित भीम अस्पतालमा मृत्यु हुने पनि कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का ५८ वर्षीय पुरुष रहेका छन् ।
गयराती उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनु भयो ।
भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिएको थियो ।
उनी पछिल्लो समय बुटवलको बेलवासमा बस्दै आएका उनमा दमको समेत समस्या रहेको र आईतवार राती साढे १० बजे मृत्यु भएको शाहले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुल्कको उसैदिन निशुल्कको ४८ घण्टा भित्रमा रिर्पोट, पीसीआर परिक्षण शुल्क २५ सय

Next Post ≫

लकडाउन र निषेधाज्ञामा कञ्चन गाउपालिका क्षेत्रमा सालको काठ चोरी निकासी व्यापक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क