बुटवल,२९ भदौ
बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना र भैैरहवा स्थित भीम अस्पतालमा एक जना गरि रुपन्देहीमा २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
दुवै जना कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्दौटा पुरुष र महिला रहेका छन ।
बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्युु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिला रहको अस्पतालले जनाएको छ ।
उहाँको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो ।
उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा. गौतमले बताउनु भयो ।
भैैरहवा स्थित भीम अस्पतालमा मृत्यु हुने पनि कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का ५८ वर्षीय पुरुष रहेका छन् ।
गयराती उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनु भयो ।
भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिएको थियो ।
उनी पछिल्लो समय बुटवलको बेलवासमा बस्दै आएका उनमा दमको समेत समस्या रहेको र आईतवार राती साढे १० बजे मृत्यु भएको शाहले बताउनु भयो ।