Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्मृति दिवश रक्तदान गरि मनाईयो
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्मृति दिवश रक्तदान गरि मनाईयो

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७७ · 0
स्मृति दिवश रक्तदान गरि मनाईयो
50
SHARES
ShareTweet

बुटवल २६ भदौ
रुपन्देहीमा नेपाल नियमित रक्तदाता संघ स्थापना गरि रगतको अभावलाई परिपूर्ति गर्ने सरोज सिलवाल बन्दीको १३ औ स्मृति दिवश रक्तदान गरि मनाईएको छ ।
१३ वर्ष अघि मृत्यु हुनु भएका सिलवालको सम्झनामा शुक्रवार नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो । सिलवालको मृत्यु पछि ३ महिना अघिमात्र पुनरजिवित भएको नेपाल नियमित रक्तदाता संघले हरेक महिनाको तेस्रो शनिवार नियमित र आवश्यकता अनुसार साताव्यापी रुपमा पनि रक्रदान गदै आएको छ ।
संस्था पुनरजिवन भएको ३ महिनामै ८ सय युनिट रगत संकलन गरिसकेको संस्थाका अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो । रक्तदान संगै संस्थाले कोरोना संक्रमितलाई आवश्यक पर्ने प्लाज्मा थेरापीको लागि पनि रगत संकलन शुरु गरेको संघका कोषाध्यक्ष तथा प्लाज्मा थेरापी संकलन समितिका समन्वकर्ता दीपक अधिकारीले बताउनु भयो । उहाँले कोरोना संक्रमण भै निको भएका व्यक्तिवाट निकालिने रगतलाई प्लाज्मा भनिने र कोरोना निको भएका व्यक्तिले रक्तदान गर्न डराउन नहुने समेत बताउनु भयो ।
स्मृति दिवश कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासले नियमित रक्तदाता संघ पुनरजिवित हुदाँ गाडीले नयाँ ईन्जिन पाए सरह भएकोले आगामी दिनमा अझ सशक्क्त रुपमा रगत संकलनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । सभापति उदासले स्व. सिलवालको सपना साकार पार्न संस्थाले सामाजिक र रचनात्मक कामलाई अगाडी बढाउदै यस क्षेत्रमा रगतको अभाव हुन नदिन आग्रह समेत गर्नु भयो ।
रुपन्देहीका पहिलो रक्तदाता तथा संस्थाका आजिवन संरक्षक मृगेन्द्र कुमार शेरचनले संस्थालाई व्यवस्थित बनाउन अफिस स्थापना गर्न जरुरी रहेको भन्दै त्यसका लागि आफुले सहयोग गर्ने बताउनु भयो । स्व. सिलवालकी धर्मपत्नी रेणु सिलवाल संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारी सचिव महेश खनाल लगायतले रगतको अभाव हुन नदिन सस्थालाई हरेक तह र तप्कावाट सहयोग जरुरी रहेको औल्याउनु भयो । शुक्रवार गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक असेस सिलवालले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसाय असौज १ गतेदेखि सञ्चालन हुने

Next Post ≫

बाग्लुङका प्रकोप पीडितको राहातका लागि रुपन्देहीमा सहयोग जुटाउंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क