Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसाय असौज १ गतेदेखि सञ्चालन हुने
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसाय असौज १ गतेदेखि सञ्चालन हुने

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७७ · 0
रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसाय असौज १ गतेदेखि सञ्चालन हुने
100
SHARES
ShareTweet

बुटवल, २५ भदौ । कोरोना नियन्त्रण र रोकथामको लागि गरिएको निषेधाज्ञालाई सरकारले केही खुकुलो बनाउदै लगेपनि होटल व्यवसाय संचालनगर्ने वातावरण नबनाएको र राहात दिन नसकेको रुपन्देहीका होटल व्यवसायीहरुले गुनासो गरेका छन् । कोरोना नियन्त्रणका लागि विगत लामो समयदेखि गरिएको लकडाउन सरकारले विशेष परिस्थिति र ब्यवसायको प्रकृति अनुसार केही खुकुलो गरेपनि लकडाउनकै कारण धरासायी बनेका होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको प्रति उनीहरुले असन्तुष्टि जनाएका छन् । सरकारले तत्काल होटल ब्यवसाय सञ्चालन गर्ने वातावरण नवनाए होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीले आगामी असोज १ गतेदेखि व्यवसाय सञ्चालन गर्ने घोषणा गरेको छ । ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गरिने र स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पालना गरिने विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधवकुमार खनालले विहिवार जारी गरेको विज्ञप्तिमा कोरोनाका कारण होटल व्यसायीहरुले भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोड्नु पर्ने अवस्था आउंदा समेत सरकारले व्यवसायीको पीडामा मलम लगाउन नसकेको गुनासो गरिएको छ ।
व्यसायीका समस्या र कोरोनाका कारण भोग्नु परेको आर्थिक पीडाका वारेमा संघिय र प्रदेश सरकार तथा स्थानीयतहमा पटक पटक जानकारी गराउदाँ समेत राज्यतहवाट कुनै सुनुवाई नभएकोले सरकारी निषेधाज्ञाको अवज्ञा गरि व्यवसाय संचालन गर्न बाध्य हुनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै संघले होटल तथा रेष्टुरेण्ट संचालनका लागि लिईएका घरहरुकोे लकडाउन अबधिको भाडा सहज वातावरण भएपछि क्रमिक रुपमा तिर्ने वातावरण बनाईदिन घर धनीसंग आग्रह गरेको छ ।
लकडाउनको समयमा घर भाडा छुट दिने घर धनीहरुलाई धन्यवाद ज्ञापन गर्दै संघले व्यवसायीलाई थप राहात दिन समेत घर धनीहरुसंग आह्वान गरेको छ । रुपन्देहीमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा १६ अर्ब बढीको लगानी भएको र ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यवसायमा राज्यले राहात दिन नसक्दा करिव १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोड्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी असोज १ गते देखि सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात ब्यवसायीको निर्णय प्रति एक्यवद्धता जनाउदै संघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी व्यवसाय संचालन गर्ने संघको निर्णयमा साथ र सहयोग दिन सरकार, स्थानीयतह तथा प्रहरी प्रशासन संग आग्रह गरेको छ । होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीमा १ हजार २ सय व्यवसायी आवद्ध रहेका छन् ।

≪ Previous Post

तिलोत्तमा १० सग्रहवामा ‘तिलोत्तमा औद्योगिक ग्राम’ शिलन्यास

Next Post ≫

स्मृति दिवश रक्तदान गरि मनाईयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क