Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७७ · 0
भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ
90
SHARES
ShareTweet

अर्कबटी खाएका १ सय ५३ मध्ये १ सय ३८ को परीक्षण, १ सय ३७ लाई कोरोना नेगेटिभ

यमलाल भुसाल,
बुटवल १६ भाद्र

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ ।
‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ –चिकित्सक गौतमले नेपाल समाचारपत्रलाई सोमबार बताउनुभयो ।

गुल्मी जिल्लाको वोलीवाङ हालको चन्दकोट–८ मा २०१९ सालमा जन्म भई विसं २०५० बाट रुपन्देही झर्नुभएका आयुर्वेद आचार्य डा. बद्री गौतम हाल भैरहवाको अन्नपूर्ण टोलमा बस्नुहुन्छ । डा. गौतमले आफू ८५ पुस्ताका रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

उहाँले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गर्नुभयो ।

डा. गौतमले तयार गर्नुभएको औषधी आइतबारसम्म १ सय ५३ जना कोरोना पोजेटिभले खाएकोमा १ सय ३८ जनाको रिपोर्ट आएकोमा १ सय ३७ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको समेत बताउनुभयो ।
नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले बताउनुभयो ।

डा. गौतमले चीनको उहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको खबर सुन्नासाथ जडीबुटीबाट आयुर्वेद औषधी निर्माणबारे अध्ययन थालेको बताउनुभयो । २ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गर्नुभएकोे सूत्रानुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई कोरोनाविरुद्धको औषधी बन्न सक्ने सोचेर त्यही विधिअनुसार औषधी तयार पारिएको डा. गौतमले बताउनुभयो ।

डा. गौतम २०४८ सालदेखि हालसम्म ३६ करोड रुपियाँ जडीबुटीको अनुसन्धान र उत्पादनमा खर्च गरेको बताउनुहुन्छ । हालसम्म उहाँले ३ सयवटा प्रोजेक्टमा अनुसन्धान गरिसक्नुभएको छ । व्यक्तिगतरुपमा कोरोना भाइरसविरुद्धको औषधी बनाउन खर्च गरेको १५ लाख रुपियाँ त केवल नमुनाका रुपमा औषधी बाँड्दा सकिएको समेत सुनाउनुभयो ।

उहाँले अहिले लकडाउनका कारण मूल्य बढी हालेर भए पनि कच्चा पदार्थ खरिद गर्नुपरेकाले कोरोना भाइरसविरुद्धको औषधीको मूल्य अलि बढी पर्ने गरेको पनि बताउनुभयो । अहिले काठमाडौंमा ४ हजार र बाहिर ३ हजार ५ सयमा एक जना कोरोना पोजेटिभ बिरामीका लागि चाहिने डोजको मूल्य तय गरिएको छ ।

वारमासेको तेलबाट टेक्टर र जेनेरेटर चलाएर नेपालमै चर्चा कमाउनुभएका डा. गौतमले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले वारमासे तेलको थर्मलप्यालन्टका लागि सरकारले सूचीकृत गरिदिएको भए अहिले नेपालले आयात गर्ने डिजलमा ९० प्रतिशत कटौती हुने र नेपाल सरकारलाई १० करोड राजस्व आउने दाबीसमेत गर्नुभयो ।
‘विडम्बना सरकार नेपालमा नेपाली कच्चा पदार्थमा आधारित उद्योगको संरक्षणको पक्षमा नै छैन।’ –उहाँको कथन रहेको छ ।

‘गत फागुनमै मैले यो औषधी तयार पारेको थिएँ, सरकारी निकायलाई पनि आयुर्वेद औषधीका रुपमा प्रयोग गर्न सुझाएँ’, आयुर्वेद आचार्य गौतमले भन्नुभयो– ‘सरकारले यो औषधीबारे कुनै चासो दिएन ।’ ‘शुरुमा कसैले पनि नपत्याएपछि भारतका केही स्थानमा कोरोना संक्रमितलाई वितरण गरें । त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरें।’ –उहाँले बताउनुभयो ।

भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा समेत औषधी पठाइएको थियो । तर, मान्यता प्राप्त नभएकाले अस्पतालले औषधी बिरामीलाई दिएका छैनन् । अहिले भने रुपन्देही, कपिलवस्तु र काठमाडौंमा समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि एकाएक अर्कबटीको माग बढेको उहाँ बताउनुहुन्छ । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृत्युलाई रोक्न सकिने दाबी उहाँको छ ।

डा. गौतमले २०६८ सालदेखि भैरहवामा त्रयम्बकम् जडीबुटी सहकारी लिमिटेड स्थापना गरी जडीबुटीबाटै देशलाई समृद्ध बनाउनुपर्छ भन्ने अभियानमा लाग्नुभएको छ । १ हजार २ सय ५६ जना शेयर सदस्य रहेको सहकारीका ३ सय ५० शेयर सदस्यले विभिन्न प्रजातिका जडीबुटीको खेती गरिरहेका छन् ।

गत वैशाखमा नै औषधी व्यवस्था विभागमा श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधीका रुपमा दर्ता गर्ने गरी निवेदन दर्ता गरी प्रक्रिया अघि बढाइएको छ । अर्कबटी बनाउने जडीबुटीको नाम बताउन नमिल्ने भन्दै पाँच प्रकारका जडीबुटी र धातु मिश्रण गरी तयार गरिएकोे औषधी विभागमा आयुर्वेद औषधीको रुपमा दर्ता भएपछि वैधानिकरुपमा बजारमा ल्याउने बताउनुभयो ।

विभागमा आयुर्वेद औषधीको रुपमा दर्ता भएपछि वैधानिकतासँगै विश्व स्वास्थ्य संगठनबाट पनि स्वीकृत प्रदान गरेसँगै औषधीको नामकरण कोरोना बटीको नाममा बजारमा ल्याउने बताउनुभयो । स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, बिरामीले बिहान र साँझ गरी दिनमा दुईवटा गोली खानुपर्ने हुन्छ ।

ज्वरो, पखाला र वान्ता हुने लक्षणका बिरामीले २ दिनमा ३ गोली र अलि गम्भीर प्रकृतिका बिरामीले १० दिनसम्म हरेक दिन साँझ–बिहान गरी २ वटाका दरले २० गोली खानुपर्छ । सामान्य लक्षण नदेखिएकाले भने दिनमा १ गोलीका दरले सेवन गर्न सकिने मापदण्ड तयार गरेको डा. गौतमले बताउनुभयो । उहाँका अनुसार यसको कुनै साइड इफेक्ट छैन ।

‘अर्कको अर्थ सूर्य र बटीको अर्थ गोली भएकाले अहिले यो नाम दिइएको हो, औपचारिक प्रक्रिया पूरा भएपछि यो ‘कोरोना बटी’को नामले बजारमा पाइनेछ।’ –डा. गौतमले प्रस्ट पार्नुभयो
साभार नेपालसमाचारपत्र दैनिक

≪ Previous Post

भिम अस्पताल भैरहवामा आईसियु संचालन

Next Post ≫

हुनेले दिनुहोस, नहुनेले लैजानुहोस् भन्दै बुटवलमा ‘फूड बैंक’ शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क