Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पामा ट्रक पुरियो, खोलाले वगाउँदा १ जना वेपत्ता
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पाल्पामा ट्रक पुरियो, खोलाले वगाउँदा १ जना वेपत्ता

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0
पाल्पामा ट्रक पुरियो, खोलाले वगाउँदा १ जना वेपत्ता
80
SHARES
ShareTweet

बुटवल, ३ साउन । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा दैनिक जसो सडक अवरुद्ध हुदै आएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन ८ स्थित गौडेपुल नजिकै पहिरो खस्दा पहिरोले एउटा ट्रक पुरेको प्रहरीले जनाएको छ । शनिबार बिहानै बुटवलबाट स्याङ्जाका लागि सामान लिइ हिडेको लु १ ख ११७५ नम्बरको मिनी ट्रक पहिरो जाने स्थानमा फसेको र माथिबाट पहिरो आई पुरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले शुक्रवार राती साढे १० बजे गौडे पुलमा पहिरो खसेको जानकारी गराउनु भयो । उहाँले सो स्थानमा रहेका सवारी साधनलाई सुरक्षित गर्ने क्रममा सडक किनाराको नालीमा फसेको उक्त ट्रक पुनः पहिरो आई पुरिएको बताउनु भयो ।
माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन र सडक सुचार गर्न समय लाग्ने उहांले जानकारी दिनुभयो । बिहिबार र शुक्रवार पहिरो सफा गरेको र पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम कायमै रहेको उहांले बताउनु भयो ।
सिद्धार्थ राजमार्ग अहिले पनि अबरुद्ध छ । वुटवल र तानसेन दुवै तर्फबाट जेसीवी प्रयोग गरी वाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच पश्चिम पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउर स्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडाका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

≪ Previous Post

लागुऔषध र मानव बेचबिखन बुटवलको ठूलो समस्या

Next Post ≫

सय कार्टुन कुखुराका चल्ला खाल्डोमा पुरी नष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क