भैरहवा, ३ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वेवारिसे अवस्थामा फेला पारेको १० हजार गोटा कुखुराका चल्ला खाल्डोमा पुरी नष्ट गरिएको छ ।
भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याइएको १०० कार्टुन कुखुराका चल्ला जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका ३ परासी झुमामा आज विहान वेवारिसे अवस्थामा बरामद गरेको हो । बरामद गरी ल्याईएका चल्ला आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाईएकोमा चल्लाहरु खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
