Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागुऔषध र मानव बेचबिखन बुटवलको ठूलो समस्या
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लागुऔषध र मानव बेचबिखन बुटवलको ठूलो समस्या

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0
लागुऔषध र मानव बेचबिखन बुटवलको ठूलो समस्या
70
SHARES
ShareTweet

बुटवल, ३ साउन । रोटरी क्लव अफ बुटवलको १३ सय २१ औं भर्चुअल बैठकमा सहभागि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठौरले बुटवल लगायत आसपासका क्षेत्रमा लागुऔषध र मानव बेचबिखन ठूलो समस्याका रुपमा रहेको बताउनु भएको छ ।
उहाँले बुटवल लागुऔषध दुव्र्यसनीको केन्द्र भएकाले यसको न्युनिकरणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको बताउनु भयो । त्यस्तै मानव बेचबिखन पनि बुटवलको ठूलो समस्याको रुपमा रहेको भन्दै प्रहरी नायव उपरीक्षक राठौरले यसका लागि पनि प्रहरी सक्रिय रहेको बताउनु भयो ।
त्यस्तै अत्यधिक सवारीको चापले बुटवलमा सवारी दुर्घटना बढिरहेको उल्लेख गर्दै यसका लागि ट्राफिक प्रहरीलगायत सरोकारवालासँग समन्वय गर्दै दुर्घटना न्युनीकरणका लागि काम गरिरहेको पनि उहाँले जानकारी दिनु भयो । त्यस्तै आत्महत्या डरलाग्दो समस्याको रुपमा देखा पर्न थालेकाले यसतर्फ सामाजिक सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने खाँचों औंल्याउँदै प्रनाउ राठौरले रोटरी जस्ता सामाजिक संघसंस्थासँग प्रहरीले सहकार्य गरी काम गर्न चाहेको बताउनु भयो ।
बैठकमा सहभागी रोटरीयनहरुले बुटवलको शान्ति सुरक्षा, कोभिड–१९ ले पारेको प्रभावका कारण निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएकोमा यसको कार्यान्वयनको अवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठ, रोटरियनहरु दया भण्डारी, माणिकरत्न पाण्डे, प्राध्यापक डा. तारा उपाध्याय, पुरन श्रेष्ठ, डा. नारायणप्रसाद पन्थ, गोपाल बस्याल, सचिव रोम शर्मा, सापव विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय फुल रोपियो

Next Post ≫

पाल्पामा ट्रक पुरियो, खोलाले वगाउँदा १ जना वेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क