Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय फुल रोपियो
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय फुल रोपियो

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0
तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय  फुल रोपियो
90
SHARES
ShareTweet

बुटवल, ३ साउन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा गठित दक्षिण टोल विकास संस्थाले नगरका सडकमा विभिन्न ७ प्रजातीका ३ सय पुष्प बृक्षरोपण गर्नुका साथै नियमित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने नारालाई साकार रुप दिन टोल र समुदायलाई सफा सुघर, सुन्दर बनाउने अभियानलाई आत्मसाथ गर्दै पुष्प बृक्षरोपण गरिएको हो ।
शनिवार नगरपालिकाको कुंजलापुर चोक देखि १२ नं मणिग्राम चोक सम्मको १ किलोमिटर दुरीमा सडकको दुवै तर्फ पुष्प वृक्षरोपण तथा सरसफाई गरिएको हो । संस्थाले आगामी दिनमा हरेक महिनाको १५ गते नियमित सरसफाई कार्यक्रम गरेर नगरपालिका र वड़ा सँग समन्वय गर्दै जाने लक्ष्य लिएको छ ।
उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेले नगरपालिकाको मुल मन्त्रलाई आत्मसाथ गरि टोल विकास संस्थाले गरेको कामलाई निरन्तरता दिन आह्वान गर्नु भयो । मेयर घिमिरेले नगरपालिकाको क्षेत्राधिकार भित्र गठित टोल विकास संस्थाहरुले सामाजिक कामलाई बढी ध्यान दिन जरुरी रहेको औल्याउनु भयो ।
संस्थाका अध्यक्ष सुन्दरप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सुखदेव न्यौपाने, कार्यक्रम संयोजक शालिकराम तिवारी, कोषाध्यक्ष उमेश भुसाल, संस्थाका सचिब सुमन के सी लगायतले संस्थाले गरेका र भावि दिनमा गर्ने कामका वारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा वडाका बिभिन्न सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाले आगामी दिनमा हरेक महिनाको १५ गते नियमित सरसफाई गर्ने गरि कार्यतालिका समेत तयार गरेको सचिव सुमन केसीले जानकारी गराउनु भयो । नब गठित दक्षिण टोल बिकास संस्थाले कोभिड १९ को बारेमा पनि समुदायमा सचेतना सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै

Next Post ≫

लागुऔषध र मानव बेचबिखन बुटवलको ठूलो समस्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क