Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0
शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै
60
SHARES
ShareTweet

तिलोत्तमा, ३ साउन । रुपन्देहीको शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको कार्यालयदेखि पूर्व पानी पोखरी र वोरिङ्ग रहेको वन क्षेत्रलाई श्रीखण्ड पार्कको रुपमा विकास गरिने भएको छ ।
केमुना रुख खण्डको खाली जमिनमा श्रीखण्डका विरुवा रोपेर सो क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने गरी उक्त क्षेत्रमा शनिवार विहान बृहद श्रीखण्ड बृक्षारोपण गरिएको छ । सो क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप श्रीखण्ड पार्कको रुपमा विकास गर्न तिलोत्तमा नगरपालिकाले श्रीखण्डका विरुवा सहयोग गरेको छ ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले श्रीखण्ड पार्कमा संयुक्त रुपमा श्रीखण्डका विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
शँकरनगर सामुदायिक वनको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा गरिएको श्रीखण्ड विरुवा रोपण कार्यक्रममा बोल्दै मन्त्री गिरीले विभिन्न प्रजातिका वनस्पतिले वनलाई संमृद्धि तर्फ अगाडी वढाउने विश्वास ब्यक्त गर्नुभयो । शँकरनगर सामुदायिक वनलाई विविधता युक्त वन वनाउदै श्रीखण्ड पार्कको विकास गर्न सके यसले वनमा नयाँ आयाम थप्नुका साथै पार्कको आकर्षणले होटल तथा पर्यटन ब्यवसायको प्रवद्र्धनमा समेत ठूलो टेवा पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । उहांले वनलाई विविधिकरण गर्नुपर्नेमा जोड दिदै सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर संमृद्धि प्राप्त गर्ने दिशातर्फ अगाडी बढ्नुपर्ने वताउनु भयो ।

नेपालमा वोट विरुवा रोप्ने अभियान राम्रो भए पनि रोपिएका विरुवा हुर्काउने, जोगाउने र संरक्षण गर्ने कार्यमा ध्यान पुग्न नसकेको भन्दै मन्त्रि गिरीले श्रीखण्डका विरुवा जोगाउने र संरक्षण गर्ने काममा ध्यान दिन सामुदायिक वनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाकाका प्रमुख बासुदेव घिमिरेले रुपन्देहीमा श्रखिण्डका विरुवा रोप्ने पहिलो कार्यक्रम भएको र यो क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने उद्देश्य अनुरुप तिलोत्तमा नगरपालिकाले सामुदायिक वनलाई श्रीखण्डका विरुवा सहयोग गरेको वताउनु भयो । नगरप्रमुख घिमिरेले पार्कमा एक हजार श्रीखण्डका विरुवा रोप्ने अभियान अन्तर्गत नगरपालिकाले पहिलो चरणमा ५ सय विरुवा उपलब्ध गराएको र रोपिएका विरुवा संरक्षणका लागि नगरपालिकाले पार्कको वरिपरि तारवार गर्ने समेत वताउनु भयो । नगरप्रमुख घिमिरेले नगरपालिकाले ६ लेन सडक संगै नगरका भित्री सडकहरुमा १ लाख २५ हजार विरुवा रोपिएकोमा ९५ प्रतिसत विरुवा जगाउन सफल भएको भन्दै श्रीखण्ड पार्कमा श्रीखण्डका विरुवा मात्र लगाएर यसलाई संरक्षण गर्ने काममा समेत नगरपालिकाको सहयोग रहने वताउनु भयो । श्रीखण्डका विरुवा रोपेर खाली रहेको जमिनमा श्रीखण्डको विरुवाको सपोर्टका लागि नगदे वाली गर्ने विषयमा युएनडिपि संग छलफल चलिरहेको पनि प्रमुख घिमिरेले वताउनु भयो ।
सामुदायिक वनका सचिव इन्दु थापाको संचालनमा भएको कार्यक्रममा समूहका अध्यक्ष राम गिरीले श्रीखण्ड पार्कको संरक्षण तारवारका लागि प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । वन कार्यालयले साल जन्य काठ दाउरा विक्री वितरणमा रोक लगाएका कारण सामुदायिक वनका कर्मचारीलाई तलव खुवाउन र कार्यालय संचालनमा समेत समस्या भएकाले तारवार र संरक्षणका लागि प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गरिएको अध्यक्ष गिरीले वताउनु भयो ।
श्रीखण्डको विरुवा हुर्कनका लागि साथमा सहयोगि विरुवाको आवश्यक्ता पर्ने र एक विरुवा देखि अर्को विरुवा ५ मिटरको दुरीमा रोप्नु पर्ने भएकाले सामुदायिक वनले विज्ञको परमर्शमा श्रीखण्डका विरुवा रोप्ने काम गरेको बृक्षारोपण कार्यक्रमका संयोजक तथा समूहका उपाध्यक्ष रविन्द्र बस्नेतले वताउनु भयो । उहांका अनुसार पहिलो चरणमा ५ सय विरुवा रोपिने छ ।
नेपालमा पाइने दुर्लभ जडिबुटी मध्येको एक श्रीखण्डको बिरुवा रोपेको १५ वर्षमा यसबाट राम्रो लाभ लिन सकिन्छ । तर विरुवा रोपेको ३५ देखि ४० बर्षको बीचमा मात्र परिपक्क भएको मानिन्छ । श्रीखण्डको गाभ वा जुरोको बजार मुल्य हाल प्रति किलो सात हजार देखि दश हजारसम्म पर्ने बताइन्छ । यो सेमी परजीवि प्रकारको प्रजाती भएको हुदाँ यसलाई सहयोगी विरुवाको आवश्यकता पर्दछ । यसका लागि श्रीखण्ड संगै घाँस, किम्बु, अमला, केरा, कागती, अरहर जस्ता विरुवा लगाउन सकिन्छ ।
हिन्दु धर्मको विकास सगैं पत्ता लागेको श्रीखण्ड विश्वमा अत्यन्त माग तथा उच्च मूल्य रहेको छ ।

≪ Previous Post

प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित

Next Post ≫

तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय फुल रोपियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क