Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0
प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित
130
SHARES
ShareTweet

बुटवल २ साउन
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत पौने १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।
प्रदेश को कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद अनुदान प्रत्यक्ष किसानहरुलाई प्रदान गरेको छ ।
शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी प्रदेश ५ को भुमि व्यववस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, मन्त्रालयका सचिव तेज बहादुर सुवेदी, प्रदेश सभाको कृषि वन वातावारण समितिका सुभापती विजय बहादुर यादव, कृषि विकास निर्देशनालय प्रमु्ख यामनारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रमुख तुलसीराम भण्डारी, तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले प्रतिनिधिमुलक किसानहरुलाई संयुक्त रुपामा अनुदान चेक प्रदान गरेका हुन ।
प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बाट उत्पादनमा आधारित दुध तर्फ ३१ सहकारीहरुलार्ई कुल ७ करोड ४८ लाख ६६ हजार ७ सय ८४ रुपैयाँ, खसी बोका कारोवार गर्ने सहकारीहरु १९ वटालाई कुल ४५ लाख ५८ हजार ३ सय ५० रुपैयाँ र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत दुग्ध तर्फ ९३ वटा सहकारी संस्था मार्फत कुल २ करोड ७८ लाख १हजार २ सय रुपैयाँ, कुखुरा तर्फ कुल १ करोड १८ लाख २८ हजार रुपैयाँ गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद अनुदान प्रदान गरेको हो ।
यस्तै प्रदेशको कृषि विकास निर्देशनालयबाट कोभीड १९ विशेष कार्यक्रम अन्र्तगत कुल ३६ लाख ८८ हजार रुपैयाँ किसानहरुलाई विज वृद्धि र सामग्री खरिदमा सहयोग गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाका अनुसार यसबाट कुल २ सय ७३ जना किसान लाभांवित भएका छन । कुल अनुदान बाट ५७ हजार ८ सय ६० जना किसानहरु लभांवित भएका छन ।अनुदान चेक हस्तानान्तरण कार्यक्रममा बोल्दै प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोभिड १९ को कारण रोजगारी गुमाएर बसेका व्याक्तिहरुको लागि कृषिमा विशेष काम गर्ने अवसर रहेको बताईन । उनले यसको लागि प्रदेश सरकार सदैभ तयार रहेको भन्दै कृषि क्षेत्रमा नयाँ लहर ल्याउने अवसर समेत यसलाई लिनको लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा ५ का कृषि वन वातावरण समितिका सभापती विजय बहादुर यादवले किसानहरुलाई राहत वितरण गर्दा एकरुपता अपनाउनको लागि आग्रह गर्नु भएको थियो ।
मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले विगत केही बर्षहरुमा अनुदान वितरणको लागि प्रयोग हुदै आएको परम्परात प्रणालीलाई परिमार्जन गरी नयाँ ढंगले उत्पादनमा आधारित अनुदान वितरण गरिएको जानकारी दिनु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले ृकषिवाट मुलुकमा आर्थिक समृद्धि ल्याउन नगरपालिकाले २ करोडको लागतमा नगरमा आलुको विउ उत्पादन र आलुको उत्पादनका लागि योजना बनाएको र सोही अनुसार वजेट विनियोजन गरेको बताउनु भयो ।

 

 

 

≪ Previous Post

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

Next Post ≫

शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क