Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवाहारिक भएकोले खारेज गर ः सञ्जाल
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवाहारिक भएकोले खारेज गर ः सञ्जाल

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवाहारिक भएकोले खारेज गर  ः सञ्जाल
100
SHARES
ShareTweet

बुटवल, ३० असार
योगदामा आधारित सामाजिक सुरक्षा कोष र ढुवानी सन्दर्भको सवारी साधन ट्रयाकिङ् प्रणाली सम्बन्धमा रुपन्देही जिल्लाका संघसंस्थाहरु (सञ्जाल)को गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
सरकारले पूर्वाधार तयारी बिनानै उद्योगी व्यवसायी एवं रोजगारदाताहरुको वास्तविकता नबुझी हचुवाको भरमा यी योजना ल्याएको भन्दै यी योजनाहरुले उद्योग व्यवसाय क्षेत्र धरासायी बन्ने खतरा बढेको औंल्याएका छन् ।
सञ्जालले सोमबार एक विज्ञप्ती जारी गरि उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव पर्ने यस्ता खालका योजनाहरु लागू गर्दा मूल्य बृद्धि भई विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी स्थानीय उद्योगी व्यवसायी धरासायी हुने निश्चित रहेको बताएको हो । सरकारले उद्योगी व्यवसायीको भावना विपरित एकलौटी ढंगबाट योजनाहरु लागू गर्न खोजेमा व्यवसाय बन्द गरी आन्दोलनमा होमिन बाध्य हुने उल्लेख गर्दै आफूहरुका मागलाई सम्बोधन गर्न र उद्योग व्यवसाय संचालनको उपयक्त वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराईएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गर्नु अघि हरेक स्तर र क्षेत्रका रोजगारदाताहरुसँग थप छलफल गर्नुपर्ने र कोषमा सरकारको समेत सक्रिय सहभागिता हुनुपर्ने, उद्योगी व्यवसायी एवं रोजगारदाताको पूँजी र कार्यरत श्रमिक संख्याको आधारमा ठूला, मझौला र साना उद्योगको वर्गीकरण गरी मापदण्डको आधारमा क्रमिक रुपमा लागू गर्दैै जाने व्यवस्था गर्नुपर्ने, यही साउन १ गतेदेखि लागू गर्न खोजिएको सवारी साधन ट्रयाकिङ् प्रणाली पूर्वाधार र सक्षम जनशक्तिको अभावका कारण तत्काललाई अव्यवाहारिक देखिएको उल्लेख गर्दै यो व्यवस्था तत्काल खारेज गर्न पनि माग गरिएको छ ।

≪ Previous Post

शैक्षिक उपलब्धीका लागि समय ,समाज र प्रकृतिलाई ध्यानमा राखेर पाठयक्रम बनाउन माग

Next Post ≫

रुपन्देहीको रोहिणीमा चक्रवात हुरी, ठूलो दुर्घटना टर्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क