Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नवलपरासीमा शंकास्पद २ सय ७ जनाकै कोरोना परीक्षण नगेटिभ
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पश्चिम नवलपरासीमा शंकास्पद २ सय ७ जनाकै कोरोना परीक्षण नगेटिभ

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७७ · 0
पश्चिम नवलपरासीमा शंकास्पद २ सय ७ जनाकै कोरोना परीक्षण नगेटिभ
100
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, २१ बैशाख । पश्चिम नवलपरासीमा कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरि परीक्षण गरिएका २ सय ७ जना सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५ मा एकाएक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश ५ अन्तरगतको पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षणलाई तिब्रता दिइएको छ ।
पश्चिम नवलपरासीबाट कोरोनाको आरटिपिसिआर परिक्षणका लागि नमुना (स्वाव) पठाईएका सबै २ सय ७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
आईतबार थप ५५ जनाको आरटिपिसिआर रिपोर्ट नेगेटिभ आएसँगै २ सय ७ जना सबैको रिपोर्ट आएको हो । सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । जिल्लाबाट २ सय ७ जनाको स्वाव संलकन गरि काठमाडौंको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा पठाईएको थियो ।
आईतबार बर्दघाटबाट पठाईएका नमुनाको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश सरकारले कोरोना परिक्षणका लागि स्वाव संकलन गरि पठाउन आवश्यक भिटिएम किट उपलब्ध गराए संगै जिल्लामा पहिलो चरणमा संस्थागत क्वारेन्टाईनमा रहेकाहरुको स्वाव संलकन गरि परीक्षण गर्न काठमाडौ पठाईएको हो ।
प्रदेश सरकारले २ सय ९७ ओटा किट उपलब्ध गराएकोमा २ सय ७ किट प्रयोग भईसकेको छ भने बाँकी ९१ भिटिएमबाट पनि स्वाव संलकन गरि पठाईने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । हालसम्म बर्दघाटका ३४, सुनवलका ३७, रामग्राम, प्रतापपुर, सुस्ता र सरावलका २५, २५ जना र पाल्हीनन्दनका ३६ जनाको आरटिपिसिआर रिपोर्ट परीक्षण गरिएको हो । जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा हाल कुल १ सय १८ जना छन् ।

≪ Previous Post

जितगढीमा नेपाली काँग्रेसद्धारा खनालको शोकसभा

Next Post ≫

आज मिति २०७७ वैशाख २२ गते सोमवार तदनुसार ४ मई २०२०

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क