Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ समाजवादी पार्टी रुपन्देहीद्धारा प्रधानमन्त्रीको राजीनामा माग
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

समाजवादी पार्टी रुपन्देहीद्धारा प्रधानमन्त्रीको राजीनामा माग

संसारपोस्ट संवाददाता · १५ बैशाख २०७७ · 0
समाजवादी पार्टी रुपन्देहीद्धारा प्रधानमन्त्रीको राजीनामा माग
60
SHARES
ShareTweet


बुटवल, १५ बैसाख। समाजवादी पार्टी रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेको छ । महोत्तरीका सांसद एवं पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई समाजवादी पार्टी फुटाउने उद्देश्यले प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरेर काठमाडौं लगिएको र घटनामा संलग्नमाथि कारवाहीका लागि मुद्दा दर्ता गर्न जांदा नगरिएको भन्दै राजीनामा माग गरिएको हो । कोभिड १९ को महामारीका कारण देशव्यापी लकडाउन जारी रहेको र संसद नचलेका बेला प्रधानमन्त्री ओलीले दल फुटाउन सहज हुने अध्यादेश ल्याउनु अत्यन्त गैरजिम्मेवार, देशघाती, अराजनीतिक र अविवेकी कार्य भएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पार्टीको माग छ । ‘झण्डै दुई तिहाई वहुमत हुंदाहुंदै आफ्नो र गुटको स्वार्थका लागि, सत्तामा टिकिरहन अन्य दल फुटाउने, सांसद किनबेच गर्ने र मुलुकलाई अस्थिरतामा धकेल्ने दुर्नियतका साथ ल्याइएको उक्त अध्यादेश विपक्षी दलहरु र आफ्नै पार्टीभित्रबाट समेत चर्को विरोध भएपछि विरोधलाई थेग्न नसकेर वाध्य भई फिर्ता लिइनु सकारात्मक हो । तर प्रधानमन्त्रीको कदमको घोर बिरोध एवं भत्र्सना गर्दछौं’– पार्टीका रुपन्देही अध्यक्ष रामअवतार यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ–‘प्रधानमन्त्री ओलीको सल्लाह र निर्देशनमा पुर्व प्रहरी प्रमुख र पार्टीका दुईजना सांसदलाई लकडाउनका बेलामा महोत्तरी पठाएर समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको राजनीतिक अपहरण गरिनु र अपहरणमा संलग्न व्यक्तिमाथि प्रहरीले मुद्दा दर्ता नगर्नुले कानूनी राज्यको उपहास भएको छ । यी सबै घटना क्रममा प्रधानमन्त्री ओली जोडिएकाले नैतिकताका आधारमा उहां पदमा रहिरहन मिल्दैन ।’ सांसद यादवको अपहरणमा संलग्नमाथि कानुनी कारवाही गर्न समाजवादी पार्टीले माग गरेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हालै सम्पन्न एकताले हिमाल,पहाड र तराईका सबै वर्ग, समुदायको पहिचान र अधिकार प्राप्तिका लागि भरपर्दो वैकल्पिक शक्ति निर्माण हुने विश्वास पलाएको विज्ञप्तिमा उल्लेख छ ।

≪ Previous Post

देबदह नगरपालिद्वारा ४७ सय घरपरिवारलाई राहत प्रदान, १ करोड बढी खर्च, स्वास्थ्य सामाग्रीको अझै अभाव

Next Post ≫

नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क