Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ देबदह नगरपालिद्वारा ४७ सय घरपरिवारलाई राहत प्रदान, १ करोड बढी खर्च, स्वास्थ्य सामाग्रीको अझै अभाव
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

देबदह नगरपालिद्वारा ४७ सय घरपरिवारलाई राहत प्रदान, १ करोड बढी खर्च, स्वास्थ्य सामाग्रीको अझै अभाव

संसारपोस्ट संवाददाता · १५ बैशाख २०७७ · 0
देबदह नगरपालिद्वारा ४७ सय घरपरिवारलाई राहत प्रदान, १ करोड बढी खर्च, स्वास्थ्य सामाग्रीको अझै अभाव
150
SHARES
ShareTweet



बुटवल १५ बैशाख
देबदह नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म करिव ४७ सय घरपरिवारलाई राहत वितरण गरेको छ ।
नगरपालिकाले ततकाल कार्यान्वयनमा नजाने योजना छनोट गरि सोको १ करोड रुपैयाँ निकासा गरि प्रकोप व्यवस्थापन कोषमा जम्मा गरि सोही कोषको रकमवाट राहत प्रदान गदै आएको हो ।
नगरपालिकाको आफनै रकम वाहेक सहयोग दातावाट पनि २८ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता आएको र करिव १९ लाख रुपैया कोषको खातामा जम्मा भएको नगर प्रमुख हिरा वहादुर केसीले बताउनु भयो ।
नगरपालिकाले विनियोजन गरेको रकम र नगरमा रहेका सहयोग दाताले उपलब्ध गराएको आर्थिक रकमवाट नगरपालिकाले १२ वटै वडाका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
नगरपालिकाले पहिलो चरणमा २७ सय घर परिवार र दोस्रो चरणमा पहिलो चरणका सहित ४ हजार ६ सय ९२ घर परिवारलाई राहत प्रदान गरेको जनाएको छ । नगरपालिकाले हालसम्म १ करोड बढीको राहत सामाग्री प्रदान गरिसकेको नगरप्रमुख केसीले बताउनु भयो । नगरमा गठित टोल समितिले संकलन गरेको नामावलीमा वडा समितिले सोको छानविन गरि गरेको सिफारिसका आधारमा वल्ल नगरपालिकाले राहत प्रदान गर्ने गरेकाले राहतवाट वन्चित भन्दा पनि नलानु पर्नेले समेत लगेको नगरप्रमुख केसीले दावि गर्नु भयो ।
हालै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माको नेतृत्वमा आएको अनुगमन तथा निरिक्षण टोलीमा सहभागी प्रतिनिधीसभा तथा रुपन्देही क्षेत्र नम्बर १ वाट निर्वाचित सांसद छविलाल विश्वकर्मा ,प्रदेश ५ का सभासद दधिराम न्यौपाने, डा.कृष्ण प्रसाद न्यौपाने, दीपा विक लगायतको टोलीले नगर क्षेत्रमा कोरोनाले पारेको प्रभाव ,राहत वितरणको अवस्था , अगामी दिनमा गर्नुपर्ने कामका वारेमा जानकारी लिएको हो । सो अवसरमा नगर प्रमुख केसीले देवदह नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म जनप्रतिनिधीको एक महिनाको तलव,नगरपालिकाका कर्मचारीको पद अनुसार ५ दिन र तीन दिन बराबरको , नगरका स्वास्थ्यकर्मी तथा शिक्षकको १ दिन वरावरको तलब कोषमा जम्मा गरिएको बताउनु भयो ।
त्यसैगरि नगर क्षेत्रका सामुदायिक वन, ईटा उद्योगी व्यवसायी ,सुनचाँदी व्यवसायी, बैंक तथा वित्तीय संस्था,सहकारी संघसंस्था, प्याब्सन , एन प्याब्सन, उद्योग वाणिज्य संघ, व्यापार संघ, जेसिस ,लायन्स ,रोटरी धार्मिक संघसंस्था, नीजि विद्यालय, उद्योगी व्यवसायी र नगरका वैदेशिक रोजगारीमा रहेका नगरवासीवाट नगद तथा स्वास्थ्य सामाग्री राहत संकलन भएको नगर प्रमुख केसीले बताउनु भयो ।
कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामग्री व्यवस्थापन लगायतका काम सञ्चालन गरिएको नगर प्रमुख केसीले बताउनु भयो ।
राहत वितरणका लागि रकम अभाव नभए पनि स्वास्थ्य सामाग्रीको अभाव रहेको बताउदै नगर प्रमुख केसी सरकारले हाल सम्म १ थान थमल गन केही थान सर्जिकल माक्स र केही पिस ग्लोव्स मात्र उपलव्ध गराएको जानकारी अनुगमन टोलीलाई गराउनु भएको थियो ।
सरकारले स्वास्थ्य सामाग्री सहयोग गर्न नसके पनि खरिद गर्नका लागि व्यवस्था सरकारले मिलाउनु पर्ने नगर प्रमुख केसीले गुनासो गर्नु भयो । उहाँले नगर क्षेत्रमा रहेको देवदह मेडिकल कलेजमा फिवर ज्वरोका विरामीलाई उपचार गर्ने गरि छटै युनिटको व्यवस्था गरिएको छ भने नगरमा ३ वटा स्वास्थ्य चौकी,२ वटा स्वास्थ्य क्लिनीक र केही नीजि स्तरवाट संचालित स्वास्थ्य क्लिनीकहरुवाट स्वास्थ्य सेवा प्रदान गरिएको नगर पालिकाले जनाएको छ ।
नगरपालिकाले स्वास्थ्य कर्मीलाई प्रोत्साहन गर्नका लागि पहिलो फन्टमा रहेका काम गर्ने स्वास्थ्य कर्मीलाई दैनिक १ हजार ५ सय र सेकेन्डरीका रुपमा काम गर्ने स्वास्थ्य कर्मीलाई दैनिक १ हजार रुपैयाँका दरले थप रकम उपलध्ब गराउदै आएको पनि नगर प्रमुख केसीले बताउनु भयो । अनुगमनमा आउनु भएका प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले स्वास्थ्य सामाग्रीको समस्यालाई ध्यान दिदै उपलब्ध गराउनका लागि पहल गर्ने बताउनु भयो ।
उहाँले संकटको सामना गर्ने क्रममा स्वास्थ्यकर्मी,र सुरक्षा निकायले गरेको योगदानको सरकारले मुल्याकन गर्न जरुरी रहेको औल्याउनु भयो ।

≪ Previous Post

२०७७ साल बैशाख १५ गते सोमवारको राशिफल

Next Post ≫

समाजवादी पार्टी रुपन्देहीद्धारा प्रधानमन्त्रीको राजीनामा माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क