Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा राहत संकलन गर्न ‘खाद्य बैंक’
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमामा राहत संकलन गर्न ‘खाद्य बैंक’

संसारपोस्ट संवाददाता · ४ बैशाख २०७७ · 0
तिलोत्तमामा राहत संकलन गर्न ‘खाद्य बैंक’
60
SHARES
ShareTweet


तिलोत्तमा, ४ वैशाख । लकडाउनका कारण खाद्यान्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । उद्योगी, व्यवसायी, नगरबासी, सहयोगी जो कसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको हो । नगरपालिकाले यसअघि नैं नगद संकलनका लागि बैंक खाता खोलेको थियो ।
खाद्य बैंकमा दाताहरुले चामल, दाल, नुन, तेल सङ्कलन गर्न सक्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । खाद्य बैंकको प्रधान कार्यालय नगरपालिकाको कार्यालयमा रहेको छ भने शाखा कार्यालयको रुपमा वडा कार्यालयहरु रहेका छन् । कोरोना महामारीको कारण गरिएको लकडाउनबाट प्रभावित परिवारलाई गरिने खाद्य सहयोग कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुले आ—आफ्नो वडा वा नगरपालिका कार्यालयमा खाद्यान्न सहयोग गर्न सक्नेछन् ।
राहत कोषमा सहयोग गर्न चाहने कुनै व्यक्तिसँग नगद रकम नहुने तर जिन्सी खाद्यबस्तु हुनसक्ने भएकोले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंकको अवधारणा ल्याइएको नगर उपप्रमुख एवं खाद्य व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले बताउनुभयो ।
खाद्य बैंकमा संकलन भएको खाद्यबस्तु आवश्यकता र औचित्यको आधारमा टोल विकास संस्थामार्फत् खाद्य अभाव भएका परिवारलाई वितरण गरिनेछ । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा नगरबासीका साथै सहयोगी सबैलाई सामेल गराउन यो अवधारणाले सहयोग पुर्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।
खाद्य बैंकको अवधारणाले चामल प्रयाप्त मात्रामा संकलन हुने नगरपालिकाको अपेक्षा छ । तिलोत्तमाका अधिकांश स्थायी बासिन्दाले आफूलाई वर्षभरी चाहिने चामल अग्रिम जोहो गरेका हुन्छन् । यहाँ झण्डै ६० प्रतिशत जग्गामा खेती हुने गर्दछ । न्यून आय भएका परिवार तथा सबै प्रकारका मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापनाले टेवा पुर्याउने नगरपालिकाको विश्वास छ ।

≪ Previous Post

प्रकोप व्यवस्थापन राहत कोषमा तिलोत्तमाका जनप्रतिनिधिद्वारा सहयोग

Next Post ≫

२०७७ साल बैशाख ४ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क