Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0
औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव
100
SHARES
ShareTweet

बुटवल ७ माघ
तिलोत्तमा नगर क्षेत्रभित्रका टोल विकास संस्था तथा आमा समुहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन ।
मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनिहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानिय गाएक र नायकलाई स्थान दिन आग्रह गदै आमा समुहहरुलाई प्रयोग मात्र नगरी उत्कृष्ठताको आधारमा उचित समान्न र पुरष्कृत गर्न समेत आग्रह गरेका छन ।
तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो विहानी भन्ने नाराका साथ यही माघ १० देखि २१ गतेसम्म आयोजना गर्न लागेको दोस्रो राष्टिृय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रर्वद्धन महोत्सव २०७६ लाई सफल वनाउन आयोजित छलफल कार्यक्रममा सहभागी टोल विकास संस्था तथा आमा समुहका अध्यक्ष तथा प्रतिनिधीहरुले मेला सफल पार्न महिलाहरुको भुमिका महत्वपुर्ण हुने हुदाँ समान्न गर्ने विषयमा कन्जुसायी नगर्न आग्रह गरेका छन ।
उनिहरुले महिला मैत्री शौचालय निर्माण, शौचालयमा प्याड र डस्बिनको व्यवस्था गर्न आग्रह गदै वालवालिका सहित आउने महिलाहरुका लागि स्तनपान गराउने स्थानको व्यवस्था मिलाउन सुझाव दिएका छन ।
नगरमा टोल विकास संस्था, आमा समुह,र सहकारी संस्थाहरुको संन्जाल ठुलो भएकाले यी संस्थाहरुलाई परिचालन गर्न सके मेला सफल हुने धारणा राख्दै सबै स्टलहरुमा मुल्य सुचिको व्यवस्था गर्न सके उपभोक्तालाई सहज हुने बताएका थिए । यस्तै मेलामा पोलिथिनको प्रयोग नगर्न दुग्ध जन्य पदार्थका स्टललाई सहुलियत सहित प्राथमिकता दिन आग्रह गरेका थिए । छलफल कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुकदेव न्यौपानेले मेलाको सफलता र असफलता तिलोत्तमा नगरवासीको प्रतिष्ठासंग जोडिएकाले मेलालाई सफल बनाउने दाईत्व पनि नगरवासीकै भएको बताउनु भयो ।उहाँले सबैको सक्रिय सहयोग र सहभागिताले मेला सफल हुने भन्दै अन्य क्षेत्रलाई मेला तिलोत्तमाको जस्तो होस भन्ने सन्देश दिन सक्नु पर्ने बताउनु भयो ।
छलफल कार्यक्रममा टोल विकास तथा आमा समुहका अध्यक्ष र प्रतिनिधीहरु कृष्ण प्रसाद कडेल, ढालानन्द चालिसे, सलमान खाँन, गीतादेवि न्यौपाने, टोपलाल खनाल, आशा चौधरी, वबि कुमारी भटृराई, दुर्गा खड्का, टीका राना, लेखनाथ पाण्डे, र तिलोत्तमा व्यापार संघका उपाध्यक्ष रामचन्द पाण्डे, लगायतले मेला सफल पार्नु नगरवासीका लागि सुनौलौ अवसर रहेको औल्याउनु भएको थियो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी माधवले आमा समुह र टोल विकास संस्थाहरुले दिएका सुझावहरुलाई आत्मसाथ गदै सोही अनुसारको व्यवस्थापन गरिने बताउनु भयो । उहाँले अपागं र असक्तलाई प्रवेश निशुल्क, वृद्ध वृद्धाहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको जानकारी गराउनु भएको थियो । कृषि र पर्यटनलाई विशेष महत्व दिएको मेलामा धार्मिक, पर्यटकीय र एैतिहासिक स्थलहरुको वत्तचित्रको प्रर्दशनी, स्थानिय उत्पादन र कलाकारलाई विशेष प्राथमिकता दिनुको साथै मेला तथा रयाली सहभागि हुनेहरुलाई उचित संमान्न गरिने बताउनु भयो ।
संघका महासचिव कमल प्रसाद कंडेलको संचालनमा भएको कार्यक्रमा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलालाई साझा पर्वको रुपमा लिन आग्रह गदै स्थानिय उद्योग व्यवसायका प्रवद्र्धन हुने गरि मेला संचालन गर्न लागिएको बताउनु भयो ।
मंगलवार नै मेला स्थल मणिग्रामा आयोजित छलफल कार्यक्रममा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्राध्यानाध्यापकहरुले मेला सफल वनाउने प्रतिवद्धता जाएर गरेका थिए ।
सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुले मेला अवलोकनका लागि विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था मिलाउन माग गरेका थिए । छलफल कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष डिल्लीराज भण्डारी, नेपाल शिक्षक महासंघका खेमराज पाण्डे राम प्रसाद न्यौपाने , प्रचण्ड जिसी ,नारायणी नेपाल, मन्जु पाण्डे ,पदम रानाले मेला सफल बनाउन सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

उद्योगमा सामान्य कुराहरु सुधार गर्दा उत्पादन लागत घटाउन सकिन्छ’

Next Post ≫

सात वर्षमा हराएका वालक १२ वर्ष पछि भेटीए, परिवारमा खुशी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क