Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0
सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने
90
SHARES
ShareTweet


बुटवल ७ माघ

नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसले सभामुख पदको निर्वाचनमा उमेद्वारी नदिने भएछि सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गत असोजदेखि रिक्त सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको थियो । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया थालेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख पदको निर्वाचनमा उमेद्वारी नदिने भएको छ । मंगलबार बसेको काग्रेस संसदीय दलको बैठकले आफ्नो पार्टीसंग प्रयाप्त मत नभएकोले सभामुख पदमा उमेद्वारी नदिने निर्णय गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुखको लागि अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको छ ।काग्रेस संसदीय दलको सचेतक पुष्पा भुषालले जानकारी दिए अनुसार सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दलले आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा सभामुख पदको निर्वाचन १२ गते आइतवार हुदैछ । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले उपसभामुखमा भने आफ्नो दाबीलाई कायम राखेको छ ।

सभामुख र उपसभामुख पद रिक्त भएपछि सोमबार जेष्ठ सदस्य महन्त ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले सभामुख पदको निर्वाचन आइतवार गर्ने निर्णय गरेको थियो । संविधानमा प्रतिनिधिसभामा सभामुख र उपसभामुख दुवै पद रिक्त भएमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्य उमेरको हिसाबले जेष्ठ सदस्यले गर्ने उल्लेख थियो ।

संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्य एकजना महिला हुनुपर्ने र यी दुई पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । तर, संविधानमा सभामुख तथा उपसभामुखमा फरक दलले उमेद्वारी नदिएमा भने एकै दलको सभामुख र उपसभामुख हुन बाधा नपर्ने उल्लेख छ ।

प्रतिपक्ष दल काग्रेसले सहमतिमा आफ्नो पार्टीले उपसभामुख पाउने आशा गरे पनि वहुमत प्राप्त सत्ताघटक दल नेकपाले भने उपसभामुख राष्ट्रिय जनता पार्टी ९राजपा० लाई दिने तयारी गरिरहेको छ । संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई तीन मन्त्रालय र उपसभामुख दिएर सरकारमा सामेल गराउने गृहकार्य थालेको छ ।

≪ Previous Post

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्यबहादुर नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क