Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0
तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग
110
SHARES
ShareTweet

बुटवल ६ माघ
शुन्य खुला पोलोथिन अभियानलाई सफल बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दा यो अभियानले साकार रुप लिने भन्दै सरोकारवालाहरुले अभियानसँगै जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन् ।
तिलोत्तमा मिडिया क्लवले सोमबार मणिग्राममा आयोजनामा गरेको शुन्य खुला पोलिथिन अभियानमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जानकारी हुँदाहुँदै फोहोर गर्नेलाई दण्ड–जरिवानाले मात्र व्यवहार परिवर्तन गराउने बताएका हुन् ।
कार्यक्रममा बोल्दै शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले अटेर गरी जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
नगरपालिकाले सञ्चालन गरेको शुन्य खुला पोलोथिन अभियान अत्यन्त सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले यो मानिसको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।
यस्तै आनन्दवन–शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केशवराज न्यौपानेले खुला दिसामुक्त अभियान जस्तै शुन्य खुला पोलोथिन अभियान पनि सफल हुने बताउनुभयो । जथाभावी फोहोर फ्याक्नेलाई टोल विकास संस्थामार्फत् जरिवाना तिराउने व्यवस्था मिलाउन सकिने बताउनु भयो ।
छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट किसानहरु सबैभन्दा बढी हर्षित भएको बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन सिंचाई प्रणालीले नहर तथा शाखा कुलाहरुमा रहेको पोलिथिनजन्य फोहोर उठाउन विशेष कार्यक्रम सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।
वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले पोलोथिनजन्य फोहोरलाई नजलाउन नगरबासीलाई आग्रह गर्दै फोहोर व्यवस्थापनमा सहकारीले कार्यक्षेत्र बढाउँदै लैजाने बताउनुभयो ।
तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सम्पूर्ण रुपमा प्लाष्टिकजन्य सामानको प्रयोगमा निषेध नगरेको स्पष्ट पार्दै पोलिथिनजन्य फोहोरलाई उचित व्यवस्थापन गर्न खोजेको बताउनुभयो । शुन्य खुला पोलिथिन अभियानमा नगरबासीले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै उहाँले यो माटो बचाउने अभियान पनि रहेको स्पष्ट पार्नुभयो ।
यस्तै उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरबासीको आनीबानी र सोंच परिवर्तनले शुन्य खुला पोलिथिन अभियान सफल बनाउने बताउनुभयो । अभियन्ता निपेश ढाकाले अभियानमा नगरबासीले देखाएको उत्साहले आफूहरुलाई निकै प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा च्यामबर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, प्यारामाउण्ट माविका संस्थापक प्राचार्य दामोदर भुसाल, शान्ति माविका प्रअ कुलप्रसाद लामिछाने, यातायात व्यवस्था कार्यालय रुपन्देहीका मुक्ति पाण्डेय, क्लवका सल्लाहकार खिमानन्द भट्टराई, जनउत्थान साकोसकी अन्जु जोशी, युवराज कंडेल, डोलबहादुर थापा, कृष्णप्रसाद पन्थीलगायतले बोल्नुभएको थियो । क्लवका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, सचिव टीआर शर्माको सञ्चालन र उपाध्यक्ष बीपी गौतमको स्वागतमा कार्यक्रम भएको हो ।
नगरलाई सफा बनाउन नेपाल भ्रमण वर्ष–२०२० को प्रारम्भसँगै तिलोत्तमा नगरपालिकाले सिम नेपालको सहकार्यमा सुरु गरेको अभियान तीव्र रुपमा अघि बढेको छ । अभियानमा टोल विकास संस्था, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, खानेपानी संस्थालगायत सबैको सहकार्य छ ।

≪ Previous Post

अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व

Next Post ≫

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क